18.9 C
Birgunj
Homeक्राईमअनैतिक कार्यमा संलग्नरहेको आरोपमा चारजना पक्राउ

अनैतिक कार्यमा संलग्नरहेको आरोपमा चारजना पक्राउ

बिरगंज माघ १८,

जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
वीरगंजको होटलमा राम्रो काम लगाईदिने प्रलोभन देखाएर महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा उनीहरू पक्राउ परेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । वीरगंज भन्सार नजिक रहेको होटलबाट उद्धार गरिएका दुई महिलाको बयानको आधारमा उनीहरू पक्राउ परेको प्रवक्ता भट्टले बताए ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ की ३८ वर्षीया मिराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका २ टिकुलियाकी ३२ वर्षीया सुक्रान्ती चौधरी, ओखलढुंगा देयाले गाउँपालिका ५ का ३३ वर्षीय दीपेश राई र भारत बिहार, छपराका ३५ वर्षीय मनेजर राय रहेका छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भन्सारस्थित होटल स्वस्तिक र होटल रितेशबाट दुर्ई जना महिलाको उद्धार गरेको थियो । ती महिलाले दिएको बयानका आधारमा चार जना पक्राउ परेका हुन् ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसूर बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कारबाई प्रक्रिया अघि बढाइएको जिप्रका, पर्साले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here