बिरगंज,माघ । वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) र सिए नरेश पटेल बीच कर तथा राजस्व सम्बन्धी राय, सल्लाह र सुझाव प्रदान गर्नका लागि सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सम्पन्न सम्झाैता पत्रमा वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल र सिए पटेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अग्रवालले द्विपक्षीय सहकार्यबाट सङ्घका सदस्यहरूले कर, राजस्व तथा स्थानीय करसम्बन्धी नयाँ सूचना र परिपत्रको जानकारी प्राप्त गर्न सक्ने र राजस्व प्रशासनले प्रदान गर्ने सेवा सुविधाबाट लाभान्वित हुने विश्वास व्यक्त गरे। अध्यक्ष अग्रवालले यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका कर र राजस्व सम्बन्धी समस्याहरू कर प्रशासन समक्ष राख्न यो समझदारीले सहजता ल्याउने बताए ।
सिए पटेलले करसम्बन्धी राय, सल्लाह र परामर्श उपलब्ध गराउने अवसर प्रदान गरिएकाेमा खुसी व्यक्त गरे । उनले करसम्बन्धी समस्याहरूलाई सम्बन्धित सरोकारवालासमक्ष राखी समाधानको लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।