राष्ट्रिय स्वतन्त्र पार्टी बाराको आदर्शकोतवाल गाउँ पालिका र सुवर्ण गाउँ पालिका भेला सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले आदर्श कोतवाल गाउँ पालिका समिति समेत सर्वसम्मतिले चयन गरेको छ। भेलामा प्रदेश सदस्य विनोद यादव, प्रदेश संगठन विभाग उप-प्रमुख प्रमोद रायमाझी लगायतका विभिन्न क्षेत्र तथा पालिका सभापति तथा नेतृत्वको उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको २ महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत सम्पन्न आदर्श कोतवाल भेलाले चन्दन प्रसाद यादवको नेतृत्वमा ११ सदस्यीय समिती साथै सुवर्ण गाउँ पालिका भेलाले अशोक यादवको नेतृत्वमा ११ सदस्यीय समिति
चयन गरेको छ । विभिन्न राजनैतिक दलको दबाब र प्रभावको बिचमा पनि कार्यक्रममा स्थानीयको सहभागिताले घण्टीमित्रहरु थप उत्साहित भएको रास्वपाका नेताहरुको भनाई छ।