प्रहरी प्रधान कार्यालय काठमाडौले १७जना एसपीहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमाेद ढुङ्गेलकाे पनि सरूवा भएकाे छ । उनकाे नेपाल प्रहरी प्रधान केन्द्रीय कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाडौंमा सरूवा भएकाे छ ढुङ्गेलकाे ठाउँमा दुई महिनाअघि मात्र चितवन का कमान्ड सम्हालेका गौतम मिश्रलाई पर्सा मा पठाइएको छ भने बारामा सन्तोष तामाङ, लाई पठाईएको छ ।