16.4 C
Birgunj
Homeसमाचारराजनीतिकएकीकृत समाजवादीका अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल वीरगंजमा

एकीकृत समाजवादीका अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल वीरगंजमा

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वीरगंज आइपुगेका छन् ।

 

पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल पर्साले गर्न लागेको स्व.नरेश सर्राफ स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागि हुन अध्यक्ष नेपाल वीरगंज आइपुगेका हुन् । आइतबार हुन लागेको स्मृति सभामा सहभागि हुन शनिबार वीरगंज आइपुगेका पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई पार्टीका नेताहरुले बाराको सिमरा विमानस्थलमा स्वागत गरेका थिए ।

 

नेता नेपाललाई पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, वीरगंज महानगर अध्यक्ष तथा केन्द्रीय सदस्य मनोज चौधरी, पार्टी पर्साका उपाध्यक्ष गंगा खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल, संगठनका जिल्ला अध्यक्ष शम्भु सुमन, कोषाध्यक्ष सन्तोष साह सचिव बिनोद पटेललगायत नेता तथा कार्यक्रर्ताहरुले विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

आइतबार बिहान ८ बजे हुने कार्यक्रममा स्व.सर्राफ प्रति श्रद्धाञ्जलि अर्पण र पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई प्रदान गरिनेछ । संगठन पर्साले यसअघि नै २१ हजार राशीको पुरस्कार पत्रकार पटेललाई प्रदान गर्ने घोषणा गरिसकेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here