15.7 C
Birgunj
HomeBannerपत्रकार नरेश सर्राफको स्मृतिमा २१ हजार रुपैयाँको पुरस्कार वितरण गर्ने निर्णय

पत्रकार नरेश सर्राफको स्मृतिमा २१ हजार रुपैयाँको पुरस्कार वितरण गर्ने निर्णय

वीरगञ्ज । समाजवादी प्रेस सङ्गठन नेपाल पर्साले दिवङ्गत पत्रकार नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको छ । बुधवार वीरगञ्जमा सम्पन्न सङ्गठनको दोस्रो बैठकले स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको हो ।

सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले सर्राफको निधन भएकै दिन मङ्सिर १५ गते वीरगञ्जमा दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको सङ्गठन पर्साका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिए ।

सोही सभामा सङ्गठनले यस अघि नै स्थापना गरेको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार समेत वितरण गर्ने निर्णय गरेको छ । यस वर्षदेखि वितरण गरिने पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको छ ।

साथै बैठकले पत्रकारिता पुरस्कार वितरणको लागि व्यक्ति छनौट गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यमा सङ्गठनका केन्द्रीय सचिव बृजलाल पासवान, सल्लाहकार सञ्जय साह र सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

वीरगञ्जस्थित नेपाल पोस्ट डेलीको कार्यालयमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य मनोज पटेल लगायतको विशेष उपस्थिति रहेको थियो भने बैठकको सहजीकरण सङ्गठन पर्साका सचिव विनोद पटेलले गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here