17.1 C
Birgunj
HomeBannerसर्लाही प्रहरीको सक्रियता : ४ घण्टा नवित्दै भारतमा बन्धक बनाइएका नेपाली युवकको...

सर्लाही प्रहरीको सक्रियता : ४ घण्टा नवित्दै भारतमा बन्धक बनाइएका नेपाली युवकको सकुशल उद्दार

मलंगवा सर्लाही, १२ कात्तिक । सिमावर्ती भारतीय सहरमा बन्धक बनाएर राखिएका सर्लाहीका १८ वर्षीय युवकलाई सर्लाही प्रहरीले ४ घण्टा नवित्दै सकुशल उद्दार गर्न सफल भएको छ । सर्लाही प्रहरीले भारतीय प्रहरीको समन्वयमा ति युवकलाई बन्धक बनाएर राखिएको स्थान भारत स्थितबाट सकुशल उद्दार गर्न सफल भएको हो ।

सर्लाहीको बागमती नगरपालिका वडा नं. १० बस्ने शेख उजैरको अन्दाजी १८ वर्षीय छोरा शेख जैयस भारत तर्फ घुम्न गएको अवस्थामा कात्तिक ७ गते भारतको बिहार राज्य, जिल्ला सितामढी, सोनबर्षा थाना हनुमान मन्दिरबाट दुई जना अपरिचित व्यक्तिले केही कुरा बुझ्नु पर्नेछ भनेर मोटरसाइकलमा बसाई लगेर बन्धक बनाएका थिए । नेपाली युवकलाई भारतमा बन्धक बनाएको सूचना प्राप्त साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा रहेका खटिएको प्रहरीले भारतीय सुरक्षाकर्मी सितामढी र सोनबर्षा प्रहरीसँग समनवय गरि शेख जैयसलाई भारत विहार राज्य सितामढी, सोनबर्षा थाना बसतपुरस्थित भारतीय नागरिक मनिष कुमार रायको घरबाट सकुशल उद्दार गरेको हो ।

जैयसलाई दुईजना अपरिचित व्यक्तिले सोधपुछको बहानामा भारतमै लगी बन्धक बनाएको र जैयसकै मोबाइलबाट नेपाल स्थित आफन्तलाई फोन गरि फिरौती वापत १२ लाख भारतीय रुपैयाँ मागे पश्चात आफन्तले तत्काल सर्लाही प्रहरीलाई खबर गरेको थियो । नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुको पहलमा जैयसको सकुशल उद्दार भएको छ भने बन्धक बनाउने मनिष कुमार रायलाई सोनबर्षा थानामा मुद्दा दर्ता भई भारतीय प्रहरीले थप अनुसन्धान गरि रहेको बताइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here