19.9 C
Birgunj
HomeBannerनारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बिच नि:शुल्क रगत उपलब्धगराउने सहमति

नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बिच नि:शुल्क रगत उपलब्धगराउने सहमति

वीरगञ्ज । नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच सुत्केरी महिलाहरूलाई नि:शुल्क रगत उपलब्धगराउने सहमति भएको छ ।
सहमतिमा, नारायणी अस्पतालमा  सुत्केरी महिलाहरूलाई आवश्यक पर्ने रगत नेपाल रक्त सञ्चार केन्द्र वीरगञ्जले नि:शुल्क उपलब्ध गराउनेभएको छ । रगत बापत लाग्ने सम्पुर्ण शुल्क अस्पतालले रक्त सञ्चार केन्द्रलाई दिने छ ।
सहमति पत्रमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर  चुमनलाल दास र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कँडेललेको  हस्ताक्षररहेको  छ ।
सहमतिभएसँगै अब पर्सा जिल्लाभरिका सुत्केरी महिलाहरूलाई उपचारको क्रममा लागने रगतको अभाव कमि हुन नदिन अस्पताल र रक्त सञ्चार केन्द्रबिचको एक आपसको सहकार्यले अब महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको हो। यसअघि पनि नेपाल रक्त सञ्चार रक्त संचार केन्द्र वीरगञ्जले विभिन्न स्थानीय तह हरूसँग पनि यस्तै सम्झौताहरू गरेर नि:शुल्क रगत उपलब्ध गराउँदै आएको छ ।
बिरगंज को नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले अस्पताल पर्सा जिल्लाका हजारौँ हजार जनताहरुको भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने संस्था भएको बताउँदै अब सहमति भए संगै विशेष गरी सुत्केरी महिलाहरूको जीवन रक्षामा उल्लेखनीय योगदान पुर्‍याउने उनले बताए  । अध्यक्ष गुप्ताले  अस्पतालको सेवा सुधारका लागि आफूले थुप्रै महत्त्वपूर्ण कदमहरू चाल्दै आएको पनि जानकारी गराए ।
उनले भने,यो सहमतिले अब पर्सा जिल्लाभरीका सुत्केरी महिलाहरूको जीवन रक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।
नारायणी अस्पतालका मेसु डा. दासले सहमतिभए संगै सुत्केरी महिलाहरूलाई विशेष राहत पुग्ने छ उनले बताए । नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कँडेलले सहमति भए संगै स्वास्थ्य सेवा सुलभ र महत्त्वपूर्ण हुने र समुदायमा थप राहत पुगने उनले बताए ।
रक्त सञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेले वीरगञ्ज  पर्सा मात्र नभई बारा, रौतहट, मकवानपुर, र भारतको विभिन्न छिमेकी सीमावर्ती सहर रक्सौलका बिरामीहरूलाई पनि हामिले रगत उपलब्ध गराउँदै आएको बताए ।
तर  केन्द्रलाई आधुनिक उपकरण र आधारभूत सुविधाहरुको अभावका कारण केही कठिनाइ भइरहेको सौरभ राज पाण्डेले  बताए।
सो कार्यक्रममा सहभागी सबैको सहमति तथा  वीरगञ्ज क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भुमिकाहुने छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here