महायज्ञ व्यवस्थापन समिति चिनिमिल पिपराकाे आयाेजनामा निकालिएको भव्य कलश यात्राले वीरगन्जको विभिन्न टाेल गाउँ काे परिक्रमा स्थानीयबासिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
बिरगंज चिनी मिल पशुपतिनाथ मन्दिरको प्राङ्गणमा आइतबारदेखि विधिवत रुपमा संचालन हुने महायज्ञकाे उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भोलि आइतबारदेखि विधिवतरुपमा सुरु भई फागुन ८ गतेसम्म चल्ने महायज्ञका प्रमुख प्रवाचक तथा कथा वाचक साध्वी लक्ष्मी माता रहने महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा) ले जनाए ।
बाबा का अनुसार महायज्ञमा १०८ कुन्ड्मा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम रहेको छ ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका विभिन्न कार्यक्रमहरुपनि रहेकाछन्।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष रामप्रबेस प्रसाद कुर्मी ले बताए ।