बिरगंज ।
अल्पाईन क्रिकेट कप २०८० प्रतियोगिता बिरगंजमा हुने भएको छ ।
बिरगंज क्रिक्रेट खेलको उर्भरा क्षेत्र भएकोले राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल यस खेलले भबिस्यमा रोजगारको शिर्जना गर्ने भएकोले खेलाडीको आत्मसम्मानको लागि यो टुर्नामेन्ट गर्न लागेको पत्रकार सम्मेलनमा सो जानकारी गराएका थिए ।
बिहीबार अल्पाईन स्कुलको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि यहि माघ २७ गते शनिबार देखि फागुन १९ गते सम्म बिरगंजको नारायणी रंगशालामा क्रिक्रेट प्रतियोगिताको आयोजना हुने र सो प्रतियोगितामा वीरगञ्ज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माध्यमिक विधालयगरी १६ वटा निजी बिधालयहरुको सहभागितामा हुने जनाएको थियो ।
प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगञ्जको नारायणी रँगशालामा आयोजना हुने कार्यक्रम संयोजक बिनोद उपाध्यायले बताए ।
यस प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थीति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए। ।
प्रतियोगिताको कुल लागत ६ लाख रहेको र प्रत्येक स्कुलका टिमको ईन्ट्री चार्ज २० हजार रहेको आयोजकले जानकारी दिएको छ ।
१६ टिमबाट ३ लाख २० हजार आम्दानी हुने र बाकी सम्पुर्ण खर्च स्वयम् अल्पपाईन स्कुलले बेहोर्न पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पहिले ८ टिम मात्र सहभागिता हुने प्रतियोगिता १२ हुँदै १६ टिमले भाग लिएको र १२ टिनलाई विभिन्न १२ कलेजले ट्राक सुट निसुल्क सहयोग गरेको र खेल अवधी खाजा , मेडिकल र सुरक्षाको समेत व्यवस्था गरिएको बताए ।
प्रत्येक दिन दुई खेल हुने र खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको टफि दिने समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिनुभयो।सो अवसरमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रम संचालन फोनिज पर्साका सचिव पत्रकार राम मण्डलले गरेका थिए ।