वीरगंज (पर्सा), २३ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि व्यक्तिहरु सामान छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार नक्शा प्रिन्ट गर्ने मेशिन (स्काई कट मेशिन) १ थान, प्लटिङ् पेपर १ रोल, लेडिज सर्ट २ थान, ट्रमनील ट्याब्लेट २ हजार १६८ पत्ता, ९४ किलोग्राम काचो सुपारी, अफ्जल मिन्ट फ्लेवर ६० किलोग्राम, साडी १ थान, कुर्ता सुरुवाल २ थान र २० जोर जुत्ता बरामद भएकाे हो । बरामद सामग्रीलाई वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।