27.4 C
Birgunj
Homeसमाचार१० करोडको लागतमा बिरगंजमा बनेको होटल वृन्दावन संचालनमा

१० करोडको लागतमा बिरगंजमा बनेको होटल वृन्दावन संचालनमा

पर्सा बिरगंज ८ माघ। ,

बिरगंजमा  सुबिधा सम्पन्न होटल वृन्दावन एन्ड फेमली रेस्टुरेन्ट  आज देखि संचालनमा आएको छ।

बिरगंजको वडानम्बर ४ मा रहेको दुई नम्बर रोड स्थित कन्या स्कुलको छेउमा रहेको होटल वृन्दावन १० करोडको लागतमा बनेको  ५ तल्ले भवनमा ३० वटा रुम र ७ वटा सुईट रुम गरि ३७ वाटा कोठाहरु  रहेको होटेल सन्चालक पप्पु सरार्फले बताए ।

राम मन्दिर प्राण प्रतिस्ठा दिनको अवसर पारेर सोमबार  ६ महिना सम्मको होटलको उद्घाटन बिरगंज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको थियो । ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुबिधा रहेको छ भने पहिलो तल्लामा फेमलि रेस्टुरेन्ट दोस्रो तल्लामा  ठुलो ब्यान्केट हल तथा छुटै मिटिङ्ग तथा सेमिनार हल पनि रहेको होटेलका संचालक सरार्फले बताए ।

त्यसैगरी तेस्रो र चौथो तल्लामा बास बस्नको लागि डिलक्स रुमहरु रहेको छ । नर्मल एसि भएको  रुमको चार्ज २२ सय रुपैया रहेको र  त्यसमा पनि खाजाको ब्यवस्था सहित ३० % सम्मको छुट गरिएको छ साथै  होटल मा रहेको सुइट रुमहरुको ६५०० सय  दर रेट सहित ३०% सम्मको पनि छुटको ब्यवस्था गरिएको सराफले बताए ।
बिगत एक दशक देखि होटल ब्यवसायमा लागेका सरार्फ बिरगंज मा ग्राहकहरुको रोजाई मा पर्ने अनमोल सुइट नामक होटल बाट सेवा दिदैआएका छ्न भने हेटौंडा बजार मा पनि उनले संचालक गरेको अनमोल होटेल तथा सुर्यान्स होटल संचालन गरि राम्रो सेवा दिदै आएका छ्न ।
बिरगंजमा सुबिधा सम्पन्न वृन्दावन एन्ड फेमली रेस्टुरेन्ट एन्ड बारमा  खाना ,नास्ता गर्न आउने ग्राहकहरुको लागि २०% सम्मको छुट आजको   मितिबाट लागुहुनेगरी ६ महिना सम्मको लागि  छुटको व्यवस्था गरिएको सन्चालक पप्पु सरार्फले  आजतक दैनिक लाई जानकारी गराए  ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here