मेघराज राय
पर्सा , जिराभवानी माघ ७
बिरगंज लेडिज सर्कलले आज जिराभवानीमा दुई सय किशोरीहरुलाइ बैग वितरण गरिएको छ।
जिराभावानी गाउँपालिकाको वार्ड नम्बर ५ को सखुवनीमा रहेको आसमान नेपालले संचालन गरेको बालिकाहरुलाई पछाडि नपारौ परियोजना अन्तर्गतका २०० किशोरीहरुलाइ बैग वितरण गरिएको थियो। किशोरीहरुलाइ सिकाइ केन्द्रमा पढन आउदा कपी किताब राख्न ,र भोलीको दिनमा विधालय जान पनि बैग आवश्यक भएकोले वितरण गरिएको सर्कलका अध्यक्ष प्रिती खेतानले बताइन ।उनले बिधालय जाने उमेरका बालिकाहरूलाई पढाइका लागि आवश्यक पर्ने स्टेशनरी,बैग जस्तो सामग्रीहरु सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने बताइन।
कार्यक्रममा वाडा सदस्य दसरथ दहैत, सर्कलका सदस्यहरू खुश्बु सिघांनिया, अनामिका पुजारी, निधि सोनम, आसमान नेपालका पालिका संयोजक धरमेन्द्र चौरसिया लगायतको उपस्थिती रहेको थियो।