वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट बिहिबार ३ टेक्टर अबैध काचो काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं. ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदीको किनाराबाट काचो काठ नियन्त्रणमा लिएकाे हाे ।
बिन्दबासनीको कौईलाभार बढनिहार साझेदारी समिती पर्साका अधयक्ष रिजवान आलम, सब डिभिजन वन रंगपुर टाढी पर्साका रेन्जर कपिलदेब प्रसाद यादव सहितको खटिएकाे संयुक्त टाेलीले बिहिबार विहान ११ बजे अलग अलग गरी २ दुई ठाउँमा लुकाई छिपाई राखेको अबैध काचो काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले वताए ।