बिनोद पटेल, मंसिर २७ बारा ।
बारा को पचरौता नगरपालिकाको प्राङ्गणमा आज
बुधवार आयोजित निःशुल्क आँखा , दाँत , प्रसोती सेवा , चर्मरोग तथा जेनरल फिजिसियन,को टोलिहरुले सेवा दिएका छ्न । आज भएको शिविरबाट तीन सय पचहत्तर जनाले अँखा तथा चर्मरोग र प्रसोती रोग,हरुको चेकजाच गराई सेवा लिएका छन् ।
बारा को परवानिपुर गाउँपालिका वाड नम्बर ५ नौतन मा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलको सहयोग तथा पचरौता नगरपालिकाको आयोजना मा भएको शिविरबाट महिला र पुरुष गरी ३७५ तीन सय पचहत्तर जनाले स्वास्थय चेक जाच गराई लाभ लिएका हुन् । आज भएको
शिविरमा आँखाको परीक्षण गराएकामध्ये १०४ जनामा मोतीबिन्दुको बिरामिहरु भेटिएको र उनीहरूको बिहीबार एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा निःशुल्क शल्यक्रिया गरिने पचरौता नगरपालिका बारा का प्रमुख जलन्धर सिह बताए ।
पचरौता नगरपालिका मेयर जलन्धर सिंहले उद्घाटन गरेको शिविरमा होस्पिटलबाट ल्याईएको औषधीहरु पनि निःशुल्क रुपमा वितरण गरिएको मेयर सिंहले बताए ।
शिविरमा उप मेयर नसिमा खातुन, बाडा नम्बर ३ का वाडा धेनुक राउत कुर्मी, वाडा नम्बर ५ का वाडा अध्यक्ष लक्षमि यादव ,वाडा नम्बर ७ का अध्यक्ष बनार्शी बिन,वाडा नम्बर ९ का अध्यक्ष गगन्देव यादव,तथा न्युरो आस्पताल का मेट्रोन ईन्दिरा गैरे,पचरौता नगरपालिका स्वास्थय शाखा प्रमुख अनिल साह,एल.एस. न्युरो एन्ड जेनरल अस्पतालका सञ्चालक एवंम वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद लगायतकाको उपस्थिति रहेको थियो।