31.1 C
Birgunj
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
spot_img

जनमत पार्टीकाे बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम

वीरगंज पर्सा, २२ कात्तिक ।

जनमत पार्टीकाे बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । जनमत पार्टि महोत्तरीको आयोजनामा महोत्तरीकाे जलेश्वरस्थित श्री ल. च. मु. उच्च माध्यमिक विधालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हाे । पार्टीको महोत्तरी जिल्ला ईन्चार्ज बिरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा पार्टी राष्ट्रिय अध्यक्ष डा. सि.के. राउतको प्रमुख आतिथ्यमा सो समारोह सम्पन्न भएको थियो ।

साे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साह, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंह, पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. वसन्त कुशवाहा, प्रदेश सभा सदस्य सतिश कुमार सिंह, पुर्व मन्त्री अबदुल खान, प्रवक्ता डा. शरद सिंह यादव लगायतले सम्बाेधन गरेका थिए ।

कार्यक्रमको संचालन आरजे इरसादले गरेका थिए भने स्वागत मन्तव्य सितेश ठाकुरले गरेका थिए । कार्यक्रममा सांंस्कृतिक झाँँकी, गीतसंंगीत र नृत्री पनि प्रस्तुत गरिएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here