19.2 C
Birgunj
Homeसमाचारस्थानियधार्मिक स्थल केदारनाथ दर्शन को लागि नेपालीहरुको सङ्ख्या बढ्दै

धार्मिक स्थल केदारनाथ दर्शन को लागि नेपालीहरुको सङ्ख्या बढ्दै

वीरगंज । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ दर्शन गर्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।

यस क्रममा वीरगंजका युवाहरूको एक समूह पनि केदारनाथ दर्शनको लागि पुगेको छ । केदारनाथ दर्शनकाे लागि पुगेकाे समुहले त्यहाँ नेपालको राष्ट्रिय झन्डा समेत फहराएको छ ।

यस अघि दशैंकाे समयमा पनि वीरगंजका युवाहरुकाे समुह केदारनाथ दर्शनकाे लागि पुगेकाे थियाे ।

केदारनाथ भ्रमण टोलीमा वीरगंजका विष्णु पटेल, साजन पटेल, प्रकाश ठाकुर, अमित पटेल, कृष्ण पटेल र शत्रुघन पटेल रहेका छन् ।

उत्तराखण्डको हिमालय पर्वतको काखमा रहेको केदारनाथ मन्दिर बाह्र ज्योतिर्लिङ्गमा समावेश छ । चार धाम मध्येकाे एक केदारनाथ पनि हाे ।

यहाँको प्रतिकूल हावापानीका कारण केदारनाथ मन्दिर अप्रिलदेखि नोभेम्बरसम्म मात्रै दर्शनका लागि खुला हुन्छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here