11.4 C
Birgunj
Homeसमाचारराजनीतिकअहिलेको सरकार अपराधिक तत्वहरुलाई संरक्षण गरि बढावा दिइरहेको छ : अध्यक्ष ओली

अहिलेको सरकार अपराधिक तत्वहरुलाई संरक्षण गरि बढावा दिइरहेको छ : अध्यक्ष ओली

वीरगंज पर्सा, १८ कात्तिक। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश विकास विना देशको विकास सम्भव नरहेको बताएका छन् । वीरगंजमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मधेश प्रदेश कमिटि सपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले उद्योग, व्यापार, पर्यटन, धार्मिक पर्यटनको कन्द्रको रुपमा रहेको मधेशलाई अझै पछाडि पार्ने हो भने हामी अगाडि बढ्न नसक्ने बताए । उनले मधेशको विकास नभए देश अगाडि बढ्न नसक्ने भन्दै यसको लागि नेकपा एमाले बाहेक अन्य पार्टीको विकल्प नरहेको बताए ।

लोकतन्त्र, सामाजिक समानता, सार्वभौमसत्ताको लागि हामीले संघर्ष गरेको स्मरण गराउँदै यस लोकतान्त्रिक प्रणालीलाई सही ढंंगले प्रयोग नगर्ने हो भने यसको कुनै अर्थ नरहने अध्यक्ष ओलीको भनाई थियो । उनले लोकतन्त्र व्यवहारिक रुपमा संचालन हुन सकेको छैन, यो सरकारलाई असंवैधानिक भनेर अदालतले पटक पटक फैसला पनि गरिसकेको बताए । सम्मानीय अदालतले प्रधानमन्त्री, राष्ट्रपतिले देशमा मनपरीतन्त्र चलाएको भनेर फैसला पनि गरि रहँदा लाज पचाएर बसेको आरोप लगाए ।

अदालतले संवैधानिक काम गर्न पटक पटक भन्दा पनि यस सरकारले नटेरेको उनको भनाई छ । यस सरकारले अपराधिक तत्वहरुलाई संरक्षण गरि रहेको भन्दै यही सरकारले अपराधी छाडेपछि गुल्मीमा एकजनाले आत्महत्या गरेको स्मरण गराए । अध्यक्ष ओलीले कतिपय स्थानमा जनता आतँकित छन्, विभिन्न समयमा यो अदालतले यो सरकारको असंवैधानिक गैर कानूनी फैसलालाई गलत ठहर गरि रहँदा पनि आफ्नो मनपरीतन्त्रलाई नरोकेको बताए ।

वर्तमान अवस्थामा मुलुकमा जथाभावी अराजकता फैलि रहेको छ, मनपरीतन्त्र बढेको छ, अपराधिक क्रियाकलापहरु बढ्दै गएको उनको भनाई छ । सरकार त्यस्ता तत्वहरुलाई कारवाही गर्नुको साथै संरक्षण गरेर बढावा दिई रहेको अध्यक्ष ओलीको आरोप छ । उनले सरकार राष्ट्रिय एकतालाई खलबल्याएर धार्मिक, क्षेत्रीयता, जातीयताका नारा दिएर भित्रभित्रै उचाल्ने काम गरि रहेको र पहिचानको राजनीति भन्दै एकता विरोधी राजनीति गरि रहेको बताए ।

उनले दुई वर्ष अगाडि नेकपा एमालेले सरकार चलाउँदा अर्थतन्त्रमा विश्वसामु धेरै राम्रो परिणाम ल्याएको दाबी गरे । उनले विश्वमा सबैभन्दा छिटो विकास गर्ने १० वटा देशभित्र हाम्रो देश परेको भन्दै अर्थतन्त्रमा पनि सुधार आएको दाबी गरे । पुनः निर्माणमा पनि नेकपा एमालेको सरकार सफल रुपमा काम गरेको भन्दै अहिलेको सरकार देशको विकास भन्दा पनि राष्ट्रिय एकतालाई खलबल्याएर धार्मिक, जातीय नारा दिएर सामाजिक सद्भाव विगार्ने राजनीति गरि रहेको आरोप लगाए ।

नेकपा एमाले सरकारमा आउँदा विकासको लहर नै चलेको भन्दै मधेश पनि हावाहुरीको चपेटामा पर्दा तत्कालै घर पुनः निर्माण गरि घर हस्तान्तरण गरेको स्मरण गराउँदै देश विकासको लागि नेकपा एमाले बाहेकको विकल्प नरहेको बताए । एमाले सरकारमा रहँदा शिक्षा, स्वास्थ्य, गरिब असहायकको बस्ती, सिचाई लगायतका क्षेत्रमा उल्लेख्नीय विकास भएको दाबी गरे । देशभरि एकिकृत बस्तीहरु पनि निर्माण गरेको बताए ।

मधेशमा सिचाई ल्याउनको लागि सुनकोशी डाइभर्सनको पनि एमालेकै सरकारको बखत सुरुवात गरिएको बताए । कार्यक्रममा नेकपा एमालेका सचिव योगश भट्टराई लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए भने कमिटिका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here