14 C
Birgunj
Homeसमाचारराजनीतिकसन्धी विपरित नेपाल भारत दशगज्जा क्षेत्रमा भारतीय एसएसबीको चेकपोष्ट

सन्धी विपरित नेपाल भारत दशगज्जा क्षेत्रमा भारतीय एसएसबीको चेकपोष्ट

वीरगंज (पर्सा), ३ असोज । नेपाल भारत सीमा क्षेत्रको दशगज्जा स्थित रहेको मित्तेरी पुलमा भारतीय एसएसबीले अस्थायी चेकपोष्ट स्थापना गरेको छ । वीरगंज रक्सौल दशगज्जा क्षेत्रमा पर्ने मित्तेरी पुल स्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी चेकपोस्ट स्थापना गरेको हो । चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ हजारौंको संख्यामा मान्छेहरू पैदल तथा गाडीमा व्यावसायिक, धार्मिक र पारिवारिक कामले नेपाल-भारत आउजाउ गर्ने गरेका छन् ।

भारतीय एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर भारतीय भूमिमै चेकपोष्ट स्थापना गरिएको बताए । उनले चेक पोष्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धीको उल्लंघन नगरेको भन्दै दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेकपोष्टको स्थापना गरिएको बताए । एसएसबीको केन्द्रीय सर्कुलर अनुसार रक्सौल-वीरगंज नाका हुँदै आवतजावत गर्ने तेश्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनका लागि यहाँ चेकपोष्टको स्थापना गरिएको इन्स्पेक्टर शर्माको भनाई छ ।

यता पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले यस नाकाबाट आवतजावत गर्ने तेश्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन एसएसबीले चेकपोष्ट स्थापना गरेको बताए । उनले मित्तेरी पुल नेपाल र भारत दुवै देशको रहेको र स्थापित चेक पोस्ट भारतीय भूमिमै रहेको प्रस्ट पारे । चाँडपर्वको बेला नेपाल भारतका नागरिकहरु वीरगंज रक्सौल ओहरदोहर गरि रहेको मौका छोपी तेश्रो मुलुकका नागरिकहरु आवत जावन गर्न सक्ने अवस्थालाई माध्यनजर गर्दै भारतीय एसएसबीले चेकपोष्ट स्थापना गरेको बताए ।

यसैगरि सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगंजका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पनि चेकपोष्ट भारतीय भूमिमै रहेको बताए । उनले यस नाकाबाट आवत जावत गर्ने तेश्रो मुलुकको नागरिकहरुमाथि निगरानी बढाउनकै लागि चेकपोष्ट स्थापना गरिएको बताए । अन्तर्राष्ट्रिय सन्धीअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने प्रावधान हुँदाहुँदै भारतीय एसएसबीले दशगज्जा क्षेत्रमा चेकपोष्ट स्थापना गरेर नेपाल भारत सम्झौता विरुद्ध कार्य गरेको बुद्धिजीवीहरुको भनाई छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here