21.5 C
Birgunj
Homeसमाचारनारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले गर्ने

नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले गर्ने

बीरगन्ज l नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले गर्ने भएको छ । नगर प्रमुख राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार आज बीरगन्ज महानगर पालिकाले नारायणी अस्पताल शीत सम्झौता गरेको छ । नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र बीरगन्ज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ । सावन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँ ले जानकारी दिनु भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here