14.7 C
Birgunj
Homeसमाचारस्थानियमहानगरको सरसफाईलाई थप प्रभावकारी बनाउन ‘सफा नेपाल’ एप शुभारम्भ

महानगरको सरसफाईलाई थप प्रभावकारी बनाउन ‘सफा नेपाल’ एप शुभारम्भ

वीरगंज पर्सा, १८ चैत ।

वीरगंज महानगरपालिकाले शहरको सरसफाई र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन ‘सफा नेपाल’ नामक एप निर्माण गरि शुभारम्भ गरेको छ ।
शुक्रबार साँझ आदर्शनगरमा आयोजित एक समारोहबीच महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो । समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा ल्यापटमा ‘कि’ बोर्डको बटम थिचेर एपको औपचारिक शुभारम्भ गरेका हुन् ।
द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो । वीरगंज शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाई एंव स्वच्छता अभियानमा वीरगंजका सम्पूर्ण नगरवासीलाई जोड्ने उदेश्यले ‘एप’ निर्माण गरि शुक्रबारदेखि संचालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।
उक्त एपमा जोडिने प्रयोगकर्ताले कहि कतैं कसैले घर वा पसलको फोहोर सडक, पेटी, नाला वा खाली जग्गामा फालेको देखेमा फोटो खिचेर त्यसबारे ‘एप’ मा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ ।
त्यसरी पुग्ने महानगरको टोलीले पहिलो पटकमा रु १ हजार, दोश्रो पटकमा रु ५ हजार र त्यसपछि दोहोरिएमा जरिवानाको रकम बढाउँदै कारबाही गर्ने नीति महानगरले लिएको छ । फोहोर गर्ने व्याक्ति वा संस्थाकाबारे ‘एप’ मार्फत सूचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरिवाना रकमको केही प्रतिशत रकम पुरस्कारका रुपमा प्रदान पनि गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए बताए ।शहरको सरसफाई र स्वच्छताका लागि महानगरले केहि महिना यता देखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको उनले बताए । ‘एप’ लन्च समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले वीरगंज शहरको सरसफाई र स्वच्छता आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै शुक्रबारदेखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षभित्रै वीरगंज शहरको मुहार फेरिने बताए ।
उनले केहि महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाई अभियान अब भित्री टोल र गल्लीहरुमा पनि संचालन गरिने बताए । महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनताका समस्या र आवश्यकताप्रति सचेत गराउँदै मेयर सिंहले भने, ‘वीरगंजलाई बनाउने दायित्व हामी सबैको हो, त्यसका कारण तपाईहरु अझ थप मेहनत गर्नुस्, जनतालाई ध्यानमा राख्नुस् ।
आफुले नेतृत्व सम्हालेको १० महिनामै वीरगंजवासीले परिवर्तनको अनुभूति गर्न थालिसकेको भन्दै उनले भने, ‘म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन, ३ वर्ष मै हरेक दृष्टिकोणबाट वीरगंजको मुहार फेर्नुछ भनेर लागेको छु, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वीरगंजका उपमेयर इम्तियाज आलम, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here