21.3 C
Birgunj
Homeसमाचारनेपाल प्रहरीको ३० औँ महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

नेपाल प्रहरीको ३० औँ महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

वीरगंज,१० चैत। प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन् । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।

वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भएका थिए  । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए  । ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here