वीरगञ्ज,०६ चैत । विश्व मुख स्वास्थ्य दिवको अवसर पारेर नेशनल मेडिकल कलेज वीरगञ्जले एक दिवसीय निशुल्क मुख स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।नेशनल मेडिकल कलेज प्रांगण भित्र संचालित एक दिवसीय मुख स्वास्थ्य शिविरको एक कार्यक्रमका विच नेशनल मेडिकल कलेजका अध्यक्ष डाक्टर जैनुद्धिन अंसारी तथा एमडी बसरुद्धिन अंसारीले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अंसारीले हाम्रो शरिरलाई स्वस्थ्य राख्नलाई पहिला हाम्रो मुखलाई स्वस्थ्य राख्न जरुरी रहेको बताए । हाम्रो मुख स्वस्थ्य भयो भने शरिर धेरै स्वस्थ्य रहन्छ उनले भने त्यसैको जागरुक्ता गराउनका लागी आजको यो शिविर सञ्चालन गरिएको अध्यक्ष अंसारीले जानकारी दिए । कार्यक्रममा डेन्टल विभाग प्रमुख डाक्टर कौशल कुमार सिंहले हामी सबैको मुखको स्वास्थ्य राम्रो होस भन्ने उदेश्यले जागरुक्ताका लागी शिविर सञ्चालनमा ल्याइएको बताए । दाँत बलियो भयो भने आँत बलियो हुने भनाईलाई उद्धत गर्दै डाक्टर सिंहले दाँत र मुख स्वस्थ्य राख्न विशेष हेरचाह गर्न सुझाव दिनु भयो । शिविरमा १ सय ६२ जनाले मुख र दाँत सम्बन्धी चेकजाच गराएका थिए । कार्यक्रममा अस्पतालकी निर्देशिका डाक्टर ईश्रत जहां अंसारी, प्रिन्सीपल डाक्टर केएन सिंह, एकेडेमी निर्देशिका डाक्टर नुसरत जहां अंसारी, मार्केटिंग निर्देशक डाक्टर शाहनवाज अंसारी र डेन्टल विभागका विधार्थी सोनाली गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।