14 C
Birgunj
Homeसमाचारस्थानियवीरगंजमा छाडा कुकुरहरुको बन्ध्याकरण सुरु

वीरगंजमा छाडा कुकुरहरुको बन्ध्याकरण सुरु

वीरगंज पर्सा, ३० फागुन । वीरगंज महानगरपालिकाले सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम वीरगंजमा शुरु गरेको छ । वीरगंजमा छाडा कुकुरहरुको संख्या वृद्धि नियन्त्रण गर्न यो अभियान सुरु गरिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिए ।
छाडा कुकुरहरूलाई दैनिक संकलन गरि नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल ईन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए । मंगलबार ४० वटा छाडा कुकुरको बन्ध्याकरण र रेबीज खोप लगाइएको उनले बताए । पहिलो चरणमा करीब १ हजार कुकुर को बन्ध्याकरण गरिने वताइएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here