14 C
Birgunj
Homeसमाचारस्थानियनेपाल होटल तथा पर्यटन ब्यावसायि महासंघ मधेस प्रदेशको १ दिने रेफ्रेशिंग तालिम...

नेपाल होटल तथा पर्यटन ब्यावसायि महासंघ मधेस प्रदेशको १ दिने रेफ्रेशिंग तालिम सम्पन्न

वीरगंज २६ पुस ।
नेपाल होटल तथा पर्यटन ब्यावसायि महासंघ मधेस प्रदेशको आयोजनामा मंगलबार वीरगंजमा एक दिने रेफ्रेशिंग तालिम सम्पन्न भएको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सहकार्यमा वीरगंजको होटल भिस्वामा आयोजित तालिममा होटल ब्यावस्थापन तथा आतिथ्य सत्कार सम्बन्धि सहभागीहरुलाई प्रशिक्षण दिईएको थियो ।
नाथमबाट आउनुभएका प्रशिक्षक सन्दिप मिश्रा र निरज सुबेदिले होटल व्यवसायी संघ पर्सामा आवद्ध होटल व्यवसायीहरुलाई प्रशिक्षण दिएका थिए ।
होटल ब्यावसायि संघ पर्साका अध्यक्ष दिपक मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडकाले व्यानर पढेर तालिमको उदघाटन गर्दै तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो व्यवसायमा लागु गर्न सुझाव दिएका थिए । होटलमा आएका पाहुनाहरुलाई “अतिथि देवो भवः”को रुपमा कुनै किसिमको अप्ठयाराहरु नआओस भनि विशेष ध्यान दिन आग्रह गर्दै पाहुनाहरु संग शिष्ट व्यवहार दर्शाउन सुझाएका थिए ।
संघका पर्सा महासचिव तबरेज आलमले सहजीकरण गरेको कार्यक्रममा विशिष्ट अतिथि सन्दिप मिश्रा, सञ्चारकर्मी श्रवण प्रशाद साह लगायतको विशेष उपस्थिति रहेको थियो ।
नेपाल होटल तथा पर्यटन ब्यावसायि महासंघ मधेस प्रदेशले प्रदेशका सम्पूर्ण जिल्लाहरुमा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेको निर्णय अनुसार मंगरबार पर्सामा पनि तालिम सम्पन्न भएको जनाईएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here