बिरगंज २२ पुस ।
पर्साको विरगंजमा आम जनता पार्टीले आयोजना गरेको मधेश प्रदेशको बैठकलाई सम्बोधन गर्दै पुर्व मन्त्री प्रभु साहले देशमा स्थिरता नभएकोले विदेशी शक्ति हाबी हुन पुगेको छ । आफुले देशमा भ्रष्टाचारले गाडेर बसेको जडै देखि उछालेर विकासको लहर ल्याउने प्रतिबद्वता गरेका छन् ।
शासकलाई सामुनापातिक अधिकार दिएर देशको ढुकुटी सिध्याउने खेल मात्रै भईरहेको साहले बताए । निर्वाचित माथि गैर निर्वाचितको हाली मुहालीले जनतासंग गरेको वाचा पुरा गर्न नसक्दा जनता भ्रमित छन् ।
नेपालमा शासकले ठुलो पुजी विदेशमा संचित गरेकाले नेपालको आर्थिक अवस्था दयनिय भएको साहले बताए । ठुलो पुजी लुकाएर देश बाहिर लगेकोले बैकिङ्ग अवस्था बिग्रेको बताए ।
कानुनको आडमा प्रहरीले आतङ्क मचाएको छ । राजस्व छलेको माल पक्राउ गर्दा ४५ प्रतिशत प्रहरीले पाउने ठुलो अपराध रहेको बताए । प्रहरीले तलब समान पक्राउ गर्न कै लागि पाइरहेकोमा फेरी प्रतिशत दिने व्यवस्थाले देशको ढुकुटी सिध्याउने खेल रहेको साहले बताए ।
जसरी बैलले दुध नदिदा त्यस्तै यो व्यवस्था रहुन्जेल देशमा परिवर्तन असम्भव रहेको बताए । देशमा परिवर्तनको साथै विकासको मोडल चेन्ज गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताए ।
बेटी पढाउ बेटी बचाउ अभियानले गरेको भ्रष्टाचारले जनता आर्जित भएका छन् । पहाडको विकट ठाउमा जाने नेपाल सरकारको बजेटले विकासमा लगाइन्छ, तर मधेश प्रदेशमा आएको त्यही बजेट विकास गर्नुको सटा भ्रष्टाचार गर्ने फ्रिज गराउनेले परिवर्तन नरहेको उनले बताए ।
नेकपा एमालेमा स्वार्थ देखेकोले हामी संघ र प्रदेशमा गरि १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीबाट टिकट नपाएर आफुलाई स्वतन्त्र कहलाउनु भन्दा हामी टिकट पाएर पनि टिकट छोडेर स्वतन्त्र लडेको बताए ।
देशका ठुला शक्तिले निरन्तरको चुनावमा जनताको मत अधिकार घट्दै गएको बताए । आफु ०६४ सालमा चुनाव लडदा ३२ प्रतिशत मत पाए भने हालको चुनावमा जनताको मत अधिकार ४८ प्रतिशतले देखाउछ कि जनताले हामीमा विकाशको आशा देखेको साहले बताए ।
जनताको मत अधिकारको गदर गर्दै आगामी योजना सहित गरिब, निमुख, किसान, व्यापारी, युवा बिधार्थीको लागि आम जनता पार्टी निरन्तर लागि रहने प्रतिवद्वता गरेको छन् ।