11.4 C
Birgunj
Homeसमाचारस्थानियगैर महासंघको ८ औं अधिवेशन बाट साहको अध्यक्षतामा १३ सदस्यीय नयाँ...

गैर महासंघको ८ औं अधिवेशन बाट साहको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन

वीरगंज पर्सा, २ पुस । गैर सरकारी संस्था महासंघ पर्सा शाखाको ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र वीरगंजको सभाहलमा भएको अधिवेशनले पुनः छठु साहको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय नयाँ जिल्ला कार्य समिती चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष सुरज पण्डित, उपाध्यक्ष कोपिला चौलागाई, सचिव चन्देश चौहान, सह सचिव सिमा खड्का, कोषाध्यक्ष मनोज यादव, सदस्य ललन पटेल, जयनारायण चौधरी, निर्माला कुमारी काफले, मिना यादव, मनोज राम, अर्चना गुप्ता लगायत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका नरेश जयसवालले जानकारी दिए ।
अधिवेशनले रामाकान्त पटेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन भएको महासंघका प्रदेश समिती सदस्य समेत रहेको जयसवालले जानकारी दिए । यश अघि अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य प्रमोद जयसवालले गरेका थिए । अधिवेशन उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जयसवालले राज्यको आँखा पुग्न नसकेको ठाउँमा गैर सरकारी संस्थाको पुग्ने गरेको वताए । उनले द्वन्द्वकालमा राज्य हराएको बेला गैर सरकारी संस्थाले काम गरेको वताउदै देश विकासको लागि राज्यले गैर सरकारी संस्थाहरुलाई साथ साथमा लिएर अघि बढनु पर्ने धारण राखे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जयसवालले त्यसको लागि प्रदेश सभामा समेत आफुले आवाज उठाउने वताए ।
अधिवेशनको उद्घाटन सत्रमा गैर सरकारी संस्था र समाजिक क्षेत्रबाट जनप्रतिनिधि भएका र समाजिक क्षेत्रमा योगदान पुर्याएका ८ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा प्रदेश सभा सदस्य प्रमोद जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगंज ३० का वडाध्यक्ष मनोज यादव, बहुदरमाई नगरपालिका २ का वडाध्यक्ष जितेन्द्र पटेल, गैसस महासंघ पर्साका पुर्व अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, सुरेश कुशवाहा, मनोज गुप्ता, शिवचरण रौनियार रहेका छ्न ।
महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, कोषाध्यक्ष नानुमाया थापा, केन्द्रिय सदस्य स्वेता जयसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसाद रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here