32.4 C
Birgunj
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img

इतिहास रच्दै पर्सा १ मा पुन: प्रदिप यादव विजयी

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्यमा पुन: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदिप यादव विजयी भएका छन् । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका यादव एक हजार ६२० मतान्तरले विजयी भएका हुन् ।

एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले २० हजार ९१७ मत पाएका थिए । यादवसंग पराजित भएका द्विवेदी नेपाली कांग्रेसका बागी उम्मेदवार थिए । द्विवेदी नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति हुन् ।

यस क्षेत्रबाट विगतमा दाेस्राे पटक काेई निर्वाचित नभएकाे इतिहासलाई ताेड्दै यादव विजयी भएका हुन् । दाेस्राे पटक यादव विजयी भएकाे खुशियालीमा उनकाे समर्थकले भव्य विजयी जुलुश निकालेका छन् ।

प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवार राप्रपाका किरणमान डंगाेल २ हजार ६ सय ५९ मत, ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार लाेसपाका लक्ष्मण लाल कर्ण एक हजार ११७ मत, नेपाल लाेकतान्त्रिक पार्टीका सुन्दर साह कानु २३७ मत, अर्का स्वतन्त्र उम्मेदवार नाैसाद अंसारी २२७ मत, नेपाल कम्युनिष्ट पार्टी मार्कसवादीका शंकर प्रसाद चाैरसिया १७३ मत, नेपाल सुशासन पार्टीका अजय कुमार रिजाल १४० मत पाएका छन् ।

अन्य एक दर्जन भन्दा बढी उम्मेदवारहरुले एक सय मत पनि कटाउन सकेका छैनन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here