28.4 C
Birgunj
Homeसमाचारस्थानियपर्सामा निर्वाचनको माहोल तातिएसंगै सुरक्षा व्यवस्थामा कडाई तालिम प्राप्त कुकुरको प्रयोग...

पर्सामा निर्वाचनको माहोल तातिएसंगै सुरक्षा व्यवस्थामा कडाई तालिम प्राप्त कुकुरको प्रयोग गरि सिमानाकाको निगरानी

वीरगंज पर्सा, २८ कात्तिक ।पर्सामा निर्वाचनको माहोल तातिएसंगै सुरक्षा व्यवस्था कडा पारिएको छ । आसन्न निर्वाचन नजिकीदै गर्दा सिमानाका खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरुलाई कडाईका साथ चेकजांच गरिरहेको छ । जिल्ला प्रहरी कार्यलय पर्साको सिमाक्षेत्रमा तालिम प्राप्त कुकुरको प्रयोग गरि सिमानाकामा निगरानी बढाएको छ ।
आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकीदै गर्दा पर्सा जिल्ला नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने अपाराधिक गतिविधिहरुलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगंजको सिमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने भन्दै वीरगंज–रक्सौल सिमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।
अति व्यस्त नाका भएर मोटसाईकल, गाडी ट्रक लगायतका गरी दैनिक ३ हजार देखि ४ हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छन । ५ देखि ६ हजारको संख्यामा मानिसहरु दैनिक ओहोर दोहोर गर्ने गरेको छ । नेपाल–भारत सिमानाका खुल्ला भएको हुँदा खास गरि सिमाक्षेत्रमा अपाराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुल्ला सिमाको फाईदा उठाउदै अपाराधीहरुलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यलय पर्साले वीरगंज–रक्सौल सिमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार पर्साका सम्पूर्ण सानाठूला नाकाहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनको बेला मतदाताहरुलाई डराउने र निर्वाचन विथोल्ने गिरोहहरु सक्रिय हुनसक्ने भन्दै सिमाक्षेत्रमा सुरक्षाकर्मीहरुसहित तालिम प्राप्त कुकुर परिचालन गरिएको वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताएका छन् । आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्षी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतिय समकक्षीहरुसंग समन्वय गरेर सिमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजांच, गस्तीको साथै जिल्ला भरि तालिम प्राप्त कुकर परिचालन भईरहेको बताए ।
उनले पर्सा जिल्लामा भरिका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु खट्ने कार्य सुरु भईसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । पर्सा जिल्लामा आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अवधीभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि कुल ४५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here