14.1 C
Birgunj
Homeसमाचारस्थानियफोटो पत्रकार महासंघ पर्साको तेश्रो अधिवेशनबाट नयाँ कार्य समिति सर्बसहमती ले...

फोटो पत्रकार महासंघ पर्साको तेश्रो अधिवेशनबाट नयाँ कार्य समिति सर्बसहमती ले चयन

वीरगंज पर्सा, १८ भदौ । नेपाल फोटो पत्रकार महासंघ पर्साको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा भएको अधिवेशनले सफल खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेको छ । जुन समितिको उपाध्यक्षमा माधुरी महतो, सचिवमा श्रवण कुमार साह, कोषाध्यक्षमा शम्भु कुमार सुमन, सदस्यहरुमा प्रणय साह, राजन श्रीवास्तव, विनोद पटेल, प्रमोद यादव, चिरन्जीवी यादव, राहुल गुप्ता, आरोहण साह लगायतका रहेका छन् ।
निर्वतमान अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर सिंहले सहीलाई सही र गलतलाई गलत लेख्न सक्नु पर्नेमा जोड दिए । नेपाल फोटो उनले पत्रकारको कलमले गलत सही जे हो त्यही लेख्न सक्नु पर्नेमा जोड दिए । हतियारमा भन्दा कलममा तागत धेरै हुने भएकाले पत्रकारले चलाउने कलम निष्पक्ष भएर चल्नु पर्ने उनले बताए । अहिले फोटो पत्रकारीतातर्फ युवाहरुको प्रवेश उल्लासमय नरहेको देखिएको भन्दै उनले पत्रकारिता त्यसमा पनि फोटो पत्रकारहरुको उन्नयनमा महानगर सँधै साथमा रहेको स्पष्ट पारे ।
वीरगंजको मात्रै नभई समग्र पर्सा जिल्लाको पत्रकारितामा महानगरले गर्न सक्ने सहयोग गर्न सँधै तयार रहेको पनि उनले बताए । कार्यक्रममा मधेश विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.दिपक शाक्यले वीरगञ्जमा विश्वविद्यालय स्थापना हुनु यहाँका लागि गर्वको कुरा भएको बताए । अधिवेशन उद्घाटन कार्यक्रममा नेपला पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द चौहान, केन्द्रीय सदस्य केशी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, फोटो पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, राम सर्राफ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य निलिमा पौडेल, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here