बिनोद पटेल
बारा, भाद्र १३ गते सोमबार ।
बारामा तीजको अवसरमा शुभकामना आदान प्रदान तथा महिलाहरुको लागि दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
एल.एस न्युरो एन्ड जनरल होस्पिटल का प्रबन्धनिर्देशक रामप्रबेश प्रसद कुर्मीले बारा मा संचालित आस्पतालको आफनै परिसर भित्र हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सोमबार साझ शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेका छन ।
कार्यक्रममा अस्पताल का संचालक एवंम वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले आस्पताल मा कार्यरत सबै महिलाहरुको महत्वपुर्ण तथा विशेष पर्व हरितालिका तीजको शुभकामना दिँदै उनले हरितालिका तीज जस्ता चाडपर्वको गरिमालाई जोगाउनुपर्नेमा उनको भनाईरहेको थियोे ।
डाक्टर पटेल ले यस्ता पर्वले एकताको पहिचान ल्याउँदै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकापसमा खुसी साटासाट तथा मनोरञ्जन गर्ने अवसर समेत प्रदान गरेको हुदा सम्पुर्ण नर्स तथा महिला डाक्टर सहकर्मी हरुलाई तीजको शुभकामना समेत दिएका थिए ।
त्यस्तै अस्पताल का प्रबन्धनिर्देशक रामप्रबेश प्रसाद कुर्मीले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप होस् भन्ने शुभकामना दिएका थिए । महिलाहरुलाई तीज जस्तो महान चाडमा थोरै भएपनि फरक ,सुखद तथा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले आजको तीजको दर खाने कार्यक्रमको आयोजना गरीएको उनले बताए। प्रबन्धनिर्देशक पटेलले यस्ता कार्यक्रमले अस्पताल मा कार्यरत महिलाहरुले केही समय भएपनि आफ्ना काम तथा तनाव थकान विर्सेर मनोरञ्जन गरुन् भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरीएको उन ले बताए । साथै अब आउने फेस्टिबलहरुमा पनि यस्तै यस्तै नयाँ नयाँ कार्यक्रमहरु गरिने तथा अस्पताल मा कार्यरत सबै हामी एउटै घरको सदस्य हौउ र केहीकमि कमजोरी छ भने निर्धक्क भएर मलाई भन्नुस समस्या को समाधान हुनछ प्रबन्धनिर्देशक पटेल ले बताए ।सथै भोलि मंगलबार भदौ १४ गते देखि १५ दिन अर्थात भदौ २९ गतेसम्मको सम्मा न्युरो ओपिडी बाहेक, गाईनो बाड ,अर्थोपेडिक बाड, शिशु तथा बाल रोग विशेषज्ञ वाड,सर्जिकल वाड,अँखा वाड, नाक,कान घाँटी रोग बिभाग ,लगाएतको सबै ओपिडी ठिकेटहरु निशुल्क गरिएको प्रबन्धनिर्देशक कुर्मी ले बताए ।