बिरगंज १७ श्रावण । वीरगन्ज महानगरमा रहेको सामुदायिक तथा संस्थागत विधालयहरुले कुनै पनि बहानामा परिक्षामा रोक नलगाउन अनुरोध गरेएको छ ।
वीरगन्ज महानगरपालिकामा अभिभावक संघर्श समिती सङ्ग भएको सर्वपक्षिय छलफल र अनौपचारिक सहमति बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कुनै पनि बालबालिकाहरुलाई शुल्क लगायत कुनै पनि बहानामा परिक्षामा प्रवेश मा रोक लगाउने काम नगर्न नगराउनहुन अनुरोध गरेको छ । बिरगंज महानगरपालिका प्रमुखको सचिवालयले एक सुचना निकाल्दै महानगर भित्ररहेका सम्पूर्ण बिधालयहरुले बिधालयमा अध्यनरत बिधार्थीहरुलाई कुनै पनि बहानामा परिक्षा दिनमा रोक लगाउने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज धिमिरेले बताए ।
कुनै बहानामा विद्यालयहरुले बालबालिकालाई परिक्षामा सहभागि हुनमा रोक लगाए वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा सिधै सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।