बिनोद पटेल
बारा, कलैया साउन ७ । बारा को परवानीपुर गाउँ पालिका वाडा नम्बर ५ मा नबनिर्मित एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालिले आईतबार देखि आफ्नो सम्पुर्ण सेवाहरु अब आफनै नयाँ भवन मा सुरु गर्दै छ । आज सनिवार का दिन अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरुलाई भेला गराई अ-आफनो जिम्मेवारी ईमान्दारिता पुर्ब गर्न एल एस न्युरो एन्ड जेनरल हस्पिटल का अध्यक्ष वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले आग्रह गरेका थिए । डाक्टर प्रसाद ले भने अब हामीहरुको कान्ध मा थप जिम्मेवारी थपिएको छ अब यस्लाई हामी ले काथ मा काध मिलाई यो संस्था लाई हामी सबै ले उचाईको बुलन्दि सम्म पुर्याउनु पर्नेमा अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद आफ्नो भनाई राखेका थिए। परवानीपुर गाउँ पालिका ५ मा नबनिर्मित एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्राली को हल मा भएको कार्यक्रम मा अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरुलाई अ आफनो जिम्मेवारी को बारेमा जानकारी गराएका थिए। नबनिर्मित एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालिले आईतबार देखि सुरु गरिने ओपिडी टिकेटहरुको हकमा ५०० रुपैया तोकेको छ भने ईमर्जेन्सी टिकटको ३२५ रुपैया राखेको छ जुन अहिले बिरगंज का अस्पतालहरुको तुलनामा एक दम मिनिमाईज गरेर राखेको छ । अहिले बिरगंज का चर्चित वरिष्ठ न्युरो सर्जन डाक्टर प्रसाद ले काठमाडौ मा अवस्थित उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा बिगत ८ बर्ष सम्म सेबा दिएका दिए । डाक्टर उपेन्द्र देवकोटाका बिश्वास पात्र मानिएका डा•श्याम बाबु प्रसाद ले उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गरेका थिए । काठमाडौ पछी बिरगंज को नेशनल मेडिकल कलेज मा वरिष्ठ न्युरो सर्जन को रुपमा ८ महिना जति काम गरे त्यस पछी बिरगंज को पानी टंकी मा अवस्थित सर्बोतम अस्पताल लिज मा लि आफैले अस्पताल का सेवा सुबिधाहरु दिन थालेका थिए । बिगत ५ बर्ष देखि सर्बोतम को भबन मा एल एस न्युरो एन्ड जेनरल हस्पिटल संचालन गर्दै आईरहेका डाक्टर प्रसाद ले अब प्रतिमा चोक देखि बारा को कलैया बिरगंज सडक खन्ड अन्तरगत पर्ने ऋषभ आयल नीर आफनै नव निर्मित बिल्डिङ्ग मा साउन ८ गते आईतवार देखि अस्पताल को गाईने बाड, एनआईसियु वाड,अर्थोपेडिक वाड,लगाएत सम्पुर्ण सेबाहरु सहित सुरुहुन गैईरहेको छ । १०० बेड मल्टी स्पेसलिस्ट छमता भएको अस्पताल मा न्युरो सर्जरी, न्युरो लोजिस्ट,अर्थोपेडिक्स, मैकसिलो फेसियल,जेनेरल मेडिसिन,तथा क्र्टिकल केयर,प्रशोती रोग विशेषज्ञ , नवजात तथा बाल रोगबिषेशज्ञ समान्य तथा ल्याप्रोस्कोपी शैल्य कृया,नेफ्रोलोजी,युरोलोजी,एनेथिसियो लोजि, छाला बिज्ञान , फिजियो थेरापी ,कार्डियो लोजि,नेत्र रोग, गैस्ट्रोलोजी,डाईलोसिस, ईन्डोस्कोपी , क्रोनो स्कोपी ,रेक्टो स्कोपी,एक्सरे , सिटिस्क्यान,ईकोकार्डियोग्राफी,युएस जि,एमआर आई,रिह्बलाईटी सेन्टर रोग बिज्ञान जस्तो सुपर मल्टी स्पेस्लिसट यश एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालि ले आउने दिन मा यश मधेस प्रदेश मा स्वास्थ छेत्रमा एउटा छुटै स्थान बनाउने र बिरामी हरुको लागि सस्तो र भरपर्दो सुबिधा सम्पन्न सेवा उपलब्ध गराउने एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालि का मेनैजिङ्ग डाईरेक्टर रामप्रबेश प्रसाद कुर्मीले बताए ।