27.4 C
Birgunj
Homeसमाचारस्थानियआधारभुत स्वास्थ्य सेवा केन्द्र छपकैया-२ लाई नेबुलाईजर ,पंखा र कुर्सी सहयोग ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र छपकैया-२ लाई नेबुलाईजर ,पंखा र कुर्सी सहयोग ।

 

बिरगंज , असार २४ गते शुक्रबार ।

बिरगंज महानगर पालिका अन्तर्गत रहेको बिरगंज वडा न.२ छपकैया स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई नेबुलाईजर , पंखा र कुर्सी सहयोग गरेको छ ।
आधारभुत स्वास्थ्य सेवा केन्द्रमा बस्नको लागि आवस्यक कुर्सी , गर्मिमा पंखाको अभाव भएको र त्यहा आउने बिरामिहरुको लागि नेबुलाईजर मेसिनको समेत अभाव भएकोले बिरगंज महानगर पालिका वडा न.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलिले आफ्नो निजि खर्चबाट एक थान नेबुलाईजर मेसिन , तिन थान सिलिङ्ग पंखा र पाँच थान प्लास्टिकका कुर्सी शुक्रबार हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्नु हुदै वडा अध्यक्ष तेलिले स्वास्थ्य सेवा केन्द्रलाई चाहिने आवस्यक सामान जति बेला चाहिए आफुले तुरुन्तै उपलब्ध गराई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । म चाहन्छु मेरा वडावासि दिदिबहिनी , काकाकाकि र बालबच्चाहरु उपचारबाट बन्चित हुन नपरोस् , यो मेरो जिम्मेवारी हो , मबाट हुने सक्दो सहयोग गर्ने छु र आउदो बजेटमा वडाबासिहरुको लागि आवस्यक उपचारमा नभैई नहुने एक्सरे मेसिन समेत उपलब्ध गराउने वाचा समेत गर्नुभएको थियोे ।
सो कार्यक्रममा वडा न.२ का महिला सदस्य संगीता थापा भुजेल , दलित महिला सदस्य रम्भा देबि , सदस्यहरु बसिर मिया हजाम , अब्दुल लतिफ अन्सारी , समाजसेबि कमल महतो , आधारभुत स्वास्थ्य सेवा केन्द्र छपकैया-२ का ईन्चार्ज अहेब भुषण प्रसाद गुप्ता , अनमि ईसलत जाहान खातुन , रबिरन्जन चतुर्वेदि , महिला स्वयम सेबिका शर्मिला शर्मा , पुस्पा सिंह लगायतकाको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here