27.4 C
Birgunj
Homeसमाचारस्थानियपर्सा र बारामा भएकाे रक्त दान कार्यक्रममा १४६ जनाद्वारा रक्तदान

पर्सा र बारामा भएकाे रक्त दान कार्यक्रममा १४६ जनाद्वारा रक्तदान

वीरगंज १८ असार  । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री रामचरित्र भगत मा.वि. पकाहाँ मैनपुरमा भएकाे कार्यक्रममा २५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश कुमार साहकाे अध्यक्षता भएकाे कार्यक्रम उद्घाटन रक्तदान गरी नेकपा एमाले पकहाँ मैनपुर गाउँपालिका कमिटीका सचिव एवम् गाउँपालिका प्रमुखका उमेदवार राजेश सहनीले गरेका थिए ।

युवा सन्जालको सहकार्य र समाज परिवर्तन नेपालको आयोजनामा भएकाे कार्यक्रममा एमडी हवारी, कृष्णा शर्मा, देवलाल साह, अखलेश पटेल, अनवर आलम, रविन्द्र चाैरसिया, नरेश सहनी, पृथ्वीनारायण बर्णवाल, रन्जन यादव, मनिष यादव, सुरेश कुमार राम, टेक बहादुर विके लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेकपा एमाले पकहा मैनपुर गाउँपालिका वडा नं. ५ का वडा कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, पकहाँ मैनपुर युवा संजालका सचिव भगवान प्रसाद पटेल, गोबिन्द यादव, रामबाबु चौरसिया, मनिष यादव, अनवर आलम, चनदन पटेल लगायतकाे सहभागिता रहेको थियो ।

यसैगरी बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

शान्ति युवा बिकाश मंच कल्बकाे आयाेजनामा भएकाे कार्यक्रममा ८ जना महिलासहित १२१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख पाण्डेले वताए ।

जीतपुरकाे शान्ति टाेलमा भएकाे कार्यक्रममा प्रशुराम चाैधरी, लक्ष्मण कुमार क्षेत्री, अपताब आलम, अनिल गुप्ता, रवि कुमार सहनी, अनिल पण्डित, रन्जित कुमार राउत, ओमप्रकाश कुमार सर्राफ, उमेश चाैधरी, पिन्टु कुमार साह, राेशन सिंह, राजाबाबु साह, प्रेमलाल साह साेनार, बासुदेव चाैधरी, श्याम मुखिया लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

अजय कुमार शाहकाे अध्यक्षता र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सुनिल कुमर गुप्ता, नवीन मैनाली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here