बिनोद पटेल बिरगंज असार ७ मंगलबार । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले अबैध अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन ।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बिरगंज महानगरपालिकाको वडा नम्बर २ रेल्बे रोड छपकैया ईस्थित मनान मिया तेलीको घरमा चार महिना देखि डेरा गरि बस्दै आएका भारतीय नागरिक इरफान सुफियान खानलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बिधुतिय उपकरण सहित नियन्त्रणमा लिएको छ।खानलाई VOIP (Voice Over Internet Protocol) कल बाईपास गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भैईरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन लगिएको सिआइबी काठमाडौंका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए।