28.4 C
Birgunj
Homeसमाचारस्थानियवीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुले नेपाल का बिद्यार्थीहरुलाई ठग्दै ।

वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुले नेपाल का बिद्यार्थीहरुलाई ठग्दै ।

वीरगंज २६ जेठ बिहीवार  ।वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुले विद्यार्थीहरु संग लाखौं रकम असुली गर्ने योजना बनाएको छ  । भारतमा नाम चलेका विश्वबिद्यालयहरुमा यति प्रतिशत उति प्रतिशत छुट दिने भनेर मेलामा विद्यार्थीहरुलाई मनमोहक पर्ने र विद्यार्थीहरुलाई लोभ लाग्दा आकर्षक प्रचारप्रसार गरेर लग्छ कि आकाशको तारा नै धर्तीमा खसाल्ने जस्तो कुरा गरेर विद्यार्थीलाई झुक्यानउे काम गर्ने गरेको छ ।
स्रोतका अनुसार विश्वविद्यालयमा भर्ना गर्दा विद्यार्थीले रोजेको कलेज पढ्न नपाउने बताइन्छ । एकातिर लाखौं रकम तिर्नुपर्ने अवस्था रहेको भए पनि आफुले रोजेको विश्वविद्यालयमा अध्यापन गर्न नपाउने निश्चित रहेको छ । भारतीय कलेजहरुले विद्यार्थीहरु आफ्नो कलेजमा अध्यापन गराउनुपरेको खण्डमा यहाँ कन्सलटेन्सीहरु सगं सम्पर्क गरेर विद्यार्थीहरु लैजाने र लाखौं कमिशन लिएर मात्र विद्यार्थी पठाउने गरेको बताइन्छ ।
विगतका दिनहरुमा यस्ता शैक्षिक मेला संचालन गर्नु अगवै आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको थियो । अहिले राजनीतिक शक्तिको आडमा लाखौं राजस्व छलि गरि लाखौं रकम असुली गरिरहेको बुझिएको छ । यसरी जथाभावी पठाएका विद्यार्थीहरुको जिम्मेवारी कसले लिने ? यहाँका सचेत नागरिकहरुले प्रश्न गरिरहेका छन । शैक्षिक मेलाको नाममा यहाँ च्याउसरी खुलेका कन्सलटेन्सीहरुलाई बिगतका दिनहरुमा जिल्ला प्रशासन र अन्य निकायहरूले अनुगमन गरेको भए पनि अहिले अनुगमनमा कमी आएपछि फेरी ती कन्सलटेन्सीहरु सलबलाउन थालेका छन् ।
आफ्नो कमिसनको भरमा हजारौं विद्यार्थीहरु भारत पठाउने गरेको भए पनि उनीहरूको लेखाजोखा अहिले सम्म यहाँका सरोकारवाला निकायहरू निगरानी नगर्नुले अभिभावकहरु चिन्तित बनेका छन् । कन्सलटेन्सीले पठाएका विद्यार्थीहरु वीरगंजमा अहिलेसम्म कति जना डाक्टर, पाइलट, इन्जिनियर, र हाकिम भएका छन् त्यो इतिहास एक पटक खोज्ने प्रयास कसैले गरेको छ ? नेपाल सरकारले जथाभावी कन्सटेन्सीहरुलाइ इजाजतपत्र दिने र अर्कोतर्फ नेपालको राजस्वमा अर्बौको रकम विदेश पलायन भइरहेको अवस्था छ ।
शैक्षिक क्षेत्रमा यहीं आर्थिक वर्षमा मात्र ४३ अर्ब राजस्व विद्यार्थीहरुबाट विदेश पलायन भएको एक तथ्यांकले देखाएको छ । अर्कोतिर नेपाल सरकार संग इजाजतपत्र नलिइ कयौं विद्यार्थीहरुलाई भेला गराइ मेरो चिनजानको कलेज भारतमा छ भन्दै अनलिगल विद्यार्थीहरु पठाउने र कमिसन लिने प्रबृत्ति समेत मौलाएको छ यस्ता मेलाको नाममा वीरगंज लगायत छिमेकी जिल्लाहरुबाट समेत कन्सलटेन्सीहरुले भित्री रुपमा काम गरिरहेछन् ।
नेपाल सरकारले अब ऐन नै संशोधन गरेर यस्ता कन्सलटेन्सीहरुलाई रोक्न जरुरी रहेको यहाँका शिक्षक बुद्धिजीवीहरु बताउँछन् । यो बेलामा नियमकानुन नल्याए भोलि यसले ठूलो विकराल रुप लिन सक्ने भएकोले विद्यार्थीहरुको भविषय माथि कसैले पनि खेलवाड गर्न नसक्ने उनीहरूको भनाई रहेको छ । यता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल संग यसबारेमा जानकारी लिन खोज्दा हाम्रो सुरक्षा दिने काम मात्र हो, बाकी केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
जिम्मेवार पदमा बसेका ब्यक्तिले आफ्नो के के मा जिम्मेवारी हो भन्ने बारेमा समेत थाहा नहुनुले हास्यास्पद जस्तो बुझिएको छ । उता बीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका अरबिन्द लाल कर्ण संग बुझ्ने प्रयास गर्दा फोन रिसिभ हुन सकेन । वीरगंजमा हरेक वर्ष शैक्षिक मेलाको नाममा जथाभावी मेला प्रदर्शन गर्ने र लाखौं रकम कमिसन खाने भएका कन्सलटेन्सीलाइ कसले कारवही गर्ने समय मै सम्बन्धित निकाय को ध्यानाकर्षण जरुरी छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here