27.4 C
Birgunj
Homeसमाचारप्रदेशवीरगञ्जमा राजेशमान प्रतिको जनलहर बढ्दै, स्थानीयले आफै लगाए "छाता छाप जिन्दावाद"को नारा

वीरगञ्जमा राजेशमान प्रतिको जनलहर बढ्दै, स्थानीयले आफै लगाए “छाता छाप जिन्दावाद”को नारा

वीरगञ्ज, ४ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता राजेशमान सिंहले वीरगञ्जमा पार्टी प्रति आकर्षण बढ्दै गरेको बताएका छन् । पार्टीको निर्वाचन चीन्ह छाता छाप प्रति वीरगञ्जका सम्पूर्ण वडामा आकर्षण बढिरहेको सिंहले बताएका हुन् ।

वीरगञ्ज-१६ मा आज आयोजित घरदैलो तथा अगुवा कार्यकर्ता भेलाका क्रममा नेता सिंहले जसपाको चुनाव चिन्ह छता छाप प्रति बढेको जनलहरले पार्टीका उम्मेदवारहरुको जित सुनिस्चित भएको बताए ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जसपाबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवारसमेत रहेका सिंहले महानगरमा हालका निर्वाचित जनप्रतिनिधिले कुनै उपलब्धिमुलक काम नगरेको आरोप लगाउँदै जनताले छता छापलाई विकल्पका रुपमा लिएको दावी गरे । उनले जसपाका उम्मेदवारहरुले मात्र महानगरलाई विकास गर्न सक्ने बताए ।

सिंहले आफू महानगरको मेयरको रुपमा निर्वाचित भएपश्चात यहाँको सरकारलाई  जनमैत्री र पारदर्शी बनाउने र जनताको घरदैलोसम्म सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलोमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि सहभागिता जनाएका थिए ।

घरदैलो  सहभागि पार्टीका नेताहरुले छाता छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढीरह्दा स्वागतमा स्थानीयहरुले जसपाका सम्पूर्ण उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर विजयी गराउने प्रतिबद्धता समेत दिएका थिए ।

स्थानीयहरुले वीरगञ्ज महानगरमा छाता छापको लहर, छाता छापमा भोट हालौं, राजेशमान सिंहलाई विजयी बनाऔंलगायतका नाराहरु समेत लगाएका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here