बिरगंज , फागुन २८ गते शनिबार ।
रजत जयन्ती तथा स्मारिका बिमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ ।
आज नेपाल रेल्वे माबि बिरगंजमा नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा बिरगंजको आयोजनामा भएको थियो ।उपशाखाका अध्यक्ष दिनानाथ रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सन्योजक फुलमहमद मियाले स्मारिका बिमोचन गर्नुको साथै उपशाखाका बरिस्ठ ३५ जना लाई सम्मान समेत गरिएको थियो ।
सो समारोह बिहान कार्यक्रम स्थल रेल्वे मावी बाट प्रभातफेरी निस्केर घण्टाघर आदर्शनगर माइस्थान हुँदै कार्यक्रम स्थल रेल्वे माबीमा आएर प्रमुख अतिथी मियाले समारोहको उदघाटन दिप प्रज्वलित गरि एवं रेडक्रसका जन्मदाता जान हेनरी डयुना को तस्वीरमा माल्यार्पण गरि गरिएको थियो । सो समारोहमा बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कडेल, अतिथिहरु पर्सा उपसभापतिद्वय मधु राणा , भगवती चौधरी,मन्त्री शैलेन्द्र चौरसिया,उपमन्त्री साविर अहमद एराज ,बिमपा वडा ९ का वडाअध्यक्ष मनोज कुमार कलवार , रेल्वे स्कुलका प्र.अ. मुन्निलाल कर्ण लगायत नेपाल रेडक्रस पर्साका सदस्यहरु , उपशाखाका सभापती पदाधिकारी हरु,रानिघाट उपशाखाका पदाधिकारी सदस्यहरु , सल्लाहकारहरु , सम्पादक मण्डलहरु ,आजिवन सदस्यहरु लगायत सहयोगी सुभेच्छुकहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
प्रमुख अतिथी मियाले रानिघाट उपशाखाले रेडक्रसको मूल्य मान्यतालाई अत्यधिक पालना गर्दै विभिन्न सामाजिक सेवाको कार्य गर्दै आएको र आज उपशाखाको रजत जयन्तिको अवसरमा बरिस्ठ आजिवन सदस्यहरुलाइ सम्मान गरेकोमा आफू निकै हर्षित भएको किनभने रेडक्रस पर्साको साथै उपशाखा लाई यहाँ सम्म ल्याउनमा उहाहरुको योगदान उच्च रहेको साथै आजको कार्यक्रममा केही सदस्यहरु हेटौडा एवं काठमाडौ देखि आएर रेडक्रस प्रतीको माया स्नेहलाई मजबुत पार्ने जुन अमुल्य कार्य बरिस्ठ सम्मानित सदस्यहरुले गर्नु भएकोमा उहाहरु प्रती सम्मान प्रकट गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
बरिस्ठ आजिवन सदस्यहरु मधु राणा, उषा शाह, पशुपती बिक्रम शाह,जुमादिन शेष हवारी, चिरञ्जीवी आचार्य ,रामेश्वर सिंह ,सतिश सिंह राजपुत,शान्ती अमात्य,सरस्वती देवि ठाकुर , जितेन्द्र पुरुष ढकाल लगायत ३२ जना बरिस्ठ सदस्यहरु , २ जना सकृय सदस्यहरु एवं १ जना पर्सा शाखाका निबृत अधिकृत लाई प्रमुख अतिथी बिशिस्ट अतिथीले दोसल्ला ओढाउनुको साथै सम्मानपत्र दिएर सम्मान गरेका थिए ।
सो समारोहका अध्यक्ष रानिघाट उपशाखाका सभापती रौनियारले आज को समारोहलाई सफलतापुर्वक सम्पन्न गर्ने कार्यमा साथ र सहयोग गर्ने शुभेच्छुकहरु,पर्सा जिल्ला शाखाका पदाधिकारीहरु,सदस्यहरु , उपशाखाका सभापतिहरु,रानिघाट उपशाखाका पदाधिकारी,सदस्य,सल्लाहकार,सम्पादक मण्डल एव समस्त आजिवन सदस्यज्युहरुमा हार्दिक रुपले आभार व्यक्त गरेका थिए ।
रेल्वे माबि का छात्राहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेको सो समारोहमा स्वागत मन्तव्य रानिघाटका उपसभापति जवाहर प्रसाद गुप्ता,शुभकामना मन्तव्य स्मारिका प्रकाशन मण्डलका संयोजक बिनोद परियारले गर्नु भएको थियो भने सहजीकरण रेडक्रस पर्साका उपमन्त्री साविर अहमद एराजले गर्नु भएको थियो ।