27.4 C
Birgunj
Homeसमाचारप्रदेशप्रचण्ड र नेपाललाई ठुलो संकट, गठबन्धन छियाछिया हुने संकेत

प्रचण्ड र नेपाललाई ठुलो संकट, गठबन्धन छियाछिया हुने संकेत

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद् पेस अडान नछाडेपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीले गठबन्धन जोगाउने मध्यमार्गीको खोजी गरेका छन्।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद्मा पेस गर्दा आफ्नो पार्टीको तर्फबाट उपस्थिति नजनाउने र संसद्मा उपलब्ध रहेका सांसद सङ्ख्याको बहुमतबाट पास गर्ने प्रस्ताव गरेर गठबन्धन जोगाउने मध्यमार्गीको खोजी गरेका हुन्।

शनिवार तीन नेताहरूबिच बालुवाटारमा भएको छलफलको क्रममा प्रधानमन्त्री देउवाले अब बस्ने संसद्को बैठकमा एमसीसी जसरी पनि टेबुल गर्ने र सांसदबाट पास गर्ने प्रस्ताव गरेपछि दुई नेताले मध्यमार्गी अपनाएको स्रोतको दाबी छ।

‘प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पास गर्ने बाध्यता रहेको छ यही बैठकबाट पास गरौँ भन्ने प्रस्तावमा दुई नेताले गठबन्धन पनि नभत्किने एमसीसीबाट बच्ने उपाएको खोजी गर्दै संसद् बैठकमा आफ्नो दलको उपस्थिति नहुने बताउँदै संसद्मा बहुमत सदस्यहरूबाट पास गरे आपत्ति नरहने मध्यमार्गी बाटोको प्रस्ताव गर्नु भएको छ’, बालुवाटार निकट स्रोतले भन्यो। स्रोतका अनुसार उनीहरूले गठबन्धन टुटाउन काम नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए।

देउवाले एमसीसी पास गर्दा गठबन्धन टुट्दैन भन्ने आश्वासन दिएका थिए। एमसीसी विवाद पेचिलो बन्दै जाँदा सत्ता गठबन्धन धरापमा परेको अवस्थामा शनिवार तीन नेताहरूबिच छलफल हुँदा देउवाले कुनै हालतमा एमसीसी टेबुल गर्ने अडान दोहोर्‍याएका थिए। त्यसका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी निकै सङ्कटमा रहेको भन्दै गठबन्धन टुट्ने सङ्केत समेत गरेका थिए।

उनले एमसीसीबारे अमेरिकी सरकार र नेपाली सरकारबीच लेटर एक्सचेन्ज गरौँ भन्ने प्रस्ताव समेत गरेको स्रोतको दाबी छ। तर एस पार्टीका अध्यक्ष नेपालले यो विषयमा सरकार र गठबन्धन धरमराउन नहुने धारणा राख्दै एमसीसीमा आफ्नो दल बाहिर बस्ने सङ्केत गरेका थिए। माओवादीले भने एमसीसी सम्बन्धी कुनै पनि बैठकमा सहभागी नहुने बताएको थियो।

त्यसपछि देउवाले सभामुख र अर्थमन्त्री माओवादीबाटै सहभागी भएकाले एमसीसी संसद्मा पेस गर्ने भूमिकामा माओवादी नै देखिने बताएका थिए। त्यसपछि प्रचण्डले प्रधानमन्त्री आफैले पेस गर्दा हुन्छ भन्दै सरकारबाट बाहिर रहन सक्ने बताएका थिए।

तर देउवाले गठबन्धन चाहिँ नटुटाऔँ भन्ने प्रस्ताव गरेपछि माओवादी र एस पार्टीले आफूहरू सदन बहिष्कार गरेको बेला एमसीसी पेस गरेर उपलब्ध सदस्यहरूबाट पास गराउन सकिने प्रस्ताव गरेको स्रोतको दाबी छ।

एमसीसी विषयलाई लिएर गत बिहीबार दुई पटक प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शनिवार बालुवाटारमा बालुवाटार पुगेका थिए। तर शनिवार पनि देउवाले पुरानो अडानलाई कसिलो बनाएपछि उनीहरूले गठबन्धन नरहन पनि सक्ने भन्दै बाहिर निस्किएको स्रोतको दाबी छ।

गत बिहीबार साँझ दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न आग्रह गरे पनि प्रधानमन्त्रीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए। एमसीसीलाई चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमान्ने भन्दै देउवाले अस्वीकार गरेर पठाए।

उनीहरूले दोस्रो विकल्प भनेको एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्धन पनि जोगिने र एमालेले एमसीसी विरोधी जनमतमा गुमाउने भएकाले त्यो जनमत माओवादी र एस पार्टीमा आउने सम्भावना देखेका थिए। तर एमालेले एमसीसीबारे आफ्नो धारणा सकारात्मक नदिएपछि माओवादी अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष निकै तनावमा रहेका छन्।

एमसीसीबारे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई टेलिफोन संवाद गरेपछि शुक्रवार प्रचण्ड निवास खुमलटारमा माधव नेपाल र प्रचण्डबिच लामो छलफल भएको थियो। दुवै नेता एमसीसी पारित गर्न आफ्ना पार्टीभित्र दबाबमा छन्। सत्ता गठबन्धनका काँग्रेस र जसपा एमसीसी पारित गर्न तयार छन् तर त्यो सङ्ख्य पर्याप्त होइन।

नेकपा एमाले एमसीसी टेबल गर्ने र पारित गर्ने दायित्व सरकारको भएकाले प्रतिपक्षको भूमिका नभएको भन्दै पन्छिने गरेको छ।

जसरी पनि पाँच दलीय गठबन्धन फुटाएर निर्वाचनमा जान चाहेको एमालेले भने एमसीसी संसद्मा पेस होस यो गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको बेला माओवादी र एस पार्टी कठिन मोडमा पुगेका छन्।

माओवादी केन्द्रले गठबन्धन भत्कन सक्ने भन्दै आफ्ना नेता कार्यकर्तालाई सजग रहन आग्रह गरिसकेको छ। यद्यपि एस पार्टी पनि आन्दोलनमा भएका कारण आफ्ना नेता कार्यकर्तासँग यो विषयमा निरन्तर छलफलमा रहेका छन्।

माओवादी लगायतका कम्युनिस्ट घटकलाई चीनले एमसीसी पास नगराउन दबाब दिइरहेको छ। अमेरिकाले पनि चीनकै दबाबमा एमसीसी अस्वीकार गरेमा चीनकै दबाबबाट अस्वीकार भएको हो भन्ने बुझाई रहन्छ भन्दै नेताहरूलाई धम्की दिइसकेको छ।

यसपछि अप्ठेरोमा परेका नेताहरूलाई देउवाले आउँदो संसद् बैठकमै एमसीसी पेस गर्ने त्यहीबाट छलफल गरी अघि बढ्ने सङ्केत दिएपछि दुवै पार्टीका नेताहरूले मध्यमार्गीको खोजी मात्र गरेका छैनन्, उनीहरू गठबन्धन रहन पनि सक्ने नरहन पनि सक्ने सङ्केत गरेका हुन्।

गठबन्धनमा रहेका दलहरू मध्ये माओवादी र एस पार्टी नै बढी निर्णायक देखिएकाले प्रधानमन्त्री देउवाले पनि एमसीसीको विषयमा प्रचण्ड र नेपालसँग बारम्बार छलफल गर्दै आएका छन्। एसीपी न्यूज

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here