अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका प्रमुख दलका नेताहरुलाई एमसीसी पास नगरे नेपालसँगको सम्बन्ध तोड्ने चेतावनी दिएको छ । नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास नभए नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्ने अमेरिकाले चेतावनी दिएको हो ।करिब पाँच वर्षअघि हस्ताक्षर भएको ५० करोड डलर मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदानमा नेपाली राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्न बाध्य हुने वाशिङटनले काठमाडौंलाई जानकारी दिएको स्रोतले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छुट्टाछुट्टै टेलिफोन वार्तामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संसदबाट असफल भएमा नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने बताएको स्रोतको दावी छ । सन् १९४७ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएपछि अमेरिकाले नेपाली राजनीतिक नेतृत्वलाई पहिलो पटक यस्तो कडा शब्दमा त्यस्तो चेतावनी दिएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डोनाल्ड लुले बिहीबार बिहान तीन शीर्ष नेताहरूलाई एमसीसी अनुमोदनमा अमेरिकी सरकारको अडान यथावत रहेको जनाएको छ । फ्रेब्रुअरी २८ सम्म अनुमोदन नहुँदा सम्भावित असरबारे जानकारी गराउन अलग–अलग टेलिफोन गरेको स्रोतको दावी छ । अमेरिकाको नेपालस्थित राजदुत रयान्डी बेरीले प्रमुख दलका नेताहरुसँग भेट गरी आफनो सक्रियता बढाईरहेका बेला न्यूयोर्कबाटै पनि अमेरिकी मन्त्रीहरुले नेपालका नेताहरुलाई दवाव अभियान बढाएको छ ।
अमेरिकाको दक्षिणपूवी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेतालाई फोन गर्दै अमेरिकी सहयोग परियोजना मिलिनेयम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न वातावरण बनाउन आग्रह गरेका छन् । गत १ मंसिरदेखि तीनदिने नेपाल भ्रमण गरेका लुले आफ्नो भ्रमणका क्रममा पनि नेपाली नेताहरूलाई एमसीसी पारित गर्न दबाब नै दिएका थिए । उनले १४ डिसेम्बरसम्मको समय सीमा दिँदै उनले एमसीसी पारित गर्न नगरेको अवस्थामा फिर्ता लैजाने बताएका थिए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले १३ असोजमा एमसीसी मुख्यालयलाई संयुक्त पत्र लेख्दै प्रतिनिधिसभामा एमसीसी पारितका लागि सहमति जुटाउन केही समय आवश्यक पर्ने बताउँदै पाँच महिनाको समय मागेको थियो । यो विषयले सत्ता गठबन्धन टुट्ने संभावना बढ्दै गएको छ । माओवादीभित्र यसले ठूलै हलचल पैदा गरिसकेको छ भने एमाले भने मौन रहेको छ । राजदुत बेरीले गत मंगलबार मात्रै प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट गरेर एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरिसकेका छन् । ओली यसमा सकारात्मक छन् कि छैनन भन्ने बारेमा केही खुलेको छैन ।
राजदुत बेरीले आज शुक्रबार सम्भवत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्ने र शनिवार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेर दवाव बढाउने अभियान सँगै लगेका छन् । तर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने यथास्थितीमा अनुमोदन गराउन नसक्ने पक्षमै अडिग छन् । कांग्रेसले भने आज केन्द्रीय समिति बैठकबाट यसलाई अनुमोदन गरेर जाने निश्कर्ष निकालेको छ । यो विषयमा नेपाली कांग्रेसका सबैजसो नेताहरुले एमसीसी पास गर्नुपर्ने भन्दै आपसमा सम्पर्क सम्बन्ध बढाएका छन् । एसिपी न्यूज