काठमाण्डौ
एमसीसी रोकिएमा नेपालमा बेरोजगारी बढ्ने भन्दै पूर्ब अर्थमन्त्री युवराज खतिवडाले एमसीसीको पक्षमा वकालत गरेका छन । उनले एमसीसी पूर्ण रुपमा नेपालको हितमा रहेकाले एमसीसी पास गर्नुपर्ने एक टेलिभिजन अन्तरवार्तामा बताएका छन् । एमसीसी पूर्ण रुपमा राष्ट्रहितमा रहेकाले नेपालमा रोजगारी सिंजना हुने भएकाले पास गर्ने उनले बताए ।
नेपालमा पूर्वाधारको क्षेत्रमा काम गर्नका लागी एमसीसी अमेरिकाको निस्वार्थ अनुदान दिएकाले एमसीसी पास गर्न सबैले हातेमालो गर्नुपर्ने उनले बताए । एमसीसी रोकिएमा देशको पूर्बाधार र जलस्रोतको उपयोग हुदैन फलस्वरुप नेपालमा बेरोजगारीको सिर्जना हुने उनले बताएका छन्। त्यसकारण दायाँ बायाँ नसोची ढुक्क भएर एमसीसी पास गर्न उनले अनुरोध गरे ।
खतिवडाले भने, ‘म लामो समय अमेरिका बसेपछि एमसीसीको बारेमा गहन रुपमा बुझने मौका मिल्यो । म पनि पहिलो यो स्वार्थ मिसिएको अनुदान हो भन्ने ठान्थे ।
तर यसको बारेमा वृस्तृत अध्ययन अनुसन्धापछि यसको बारेमा बुझेर र नेपालमा पास हुने तयारीमा रहेकाले आफुले पनि पास गर्नका लागी आफ्नो तर्फबाट हुन सक्ने सबै सहयोग गर्न तत्पर रहेको उनले बताएका छन् ।’
देशमा बेरोेजगारीको अन्त्य र युवाहरुको समृद्ध भविष्यकालागी एमसीसी अनिवार्य रहेकाले कसैले पनि एमसीसीको विपक्षमा उत्रिनुको तुक नरहेको भन्दै एमसीसी विरोधीलाई कडा चेतावनी दिएका छन्।