28.4 C
Birgunj
Homeसमाचारस्थानियदुर्व्यवहार गर्नेले माफी मागेपछि कर्मचारीहरुकाे आन्दाेलन स्थगित

दुर्व्यवहार गर्नेले माफी मागेपछि कर्मचारीहरुकाे आन्दाेलन स्थगित

 

वीरगंज, २३ माघ आइतबार  ।

पर्साको धोबिनी गाउँपालिकाकाे विवाद सहमतीमा टुङ्गिएकाे छ । गाउँपालिकाकाे योजना शाखा प्रमुख पप्पु पटेलमाथी भएकाे दुर्व्यवहार सम्बन्धमा आइतबार इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे छलफलमा सहमती भएपछि टुङ्गिएकाे हाे ।

छलफलकाे क्रममा गाउँ कार्यपालिका सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीले आफुसंग गल्ती भएको स्वीकार गर्दै अब देखी फेरी यस्तो घटना नदोहोरिने शर्तमा लिखित र मौखित रुपमा योजना प्रमुख पटेलसंग माफी मागेपछि विवाद टुंगिएकाे नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादवले वताए ।

गत माघ १३ गते धर्मनसहित ५/७ जानाको समूहले याेजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा दुर्व्यवहार गरेका थिए । साेही घटनाकाे दाेषी उपर कारवाहीकाे माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साकाे अगुवाईमा कर्मचारीहरु आन्दाेलन गर्दै आएका थिए ।

आपसी समजदारीमा दाेषी व्यक्तिले गल्ती स्विकार गर्दै अबदेखी त्यस्ताे घटना नदाेहरिने लिखित सहमती गरेपछि जारी आन्दाेलन स्थगित भएकाे संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले जानकारी दिए ।

योजना शाखा प्रमुख पटेलले घटना भएकाे भाेली  पल्टै दाषीमाथी कारवाहीकाे माग गर्दै इलाका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका थिए । साे उजरी दर्ता गर्न सरकारी वकिल कार्यालय पर्साले प्रहरीलाई निर्देशन समेत दिइसकेकाे थियाे ।

छलफलमा धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेस प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत राजु साह, नेपाली कांग्रेशका नेता रमेश पाण्डे, श्रीकान्त यादव लगायतको उपस्तिथि रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here