पुर्ब गाबिस अध्यक्ष कुर्मी को निधन ।
वीरगन्ज २७ असार
बाराको परवानीपुर गाउँपालिका बहुअरीका पूर्व गाविस अध्यक्ष किशोर राउत कुर्मीको ५९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला रोग, मधुमेह उच रक्तचाप रोगले पीडित उनको बिरगंज ईस्थित नेशनल मेडिकल कलेज मा किड्नी डाइलोसिस हुँदै आएको थियो ।
नेता कुर्मी गाबिस अध्यक्ष हुदा बर्सो दिन देखिएको बहुवरी मा पर्ने ( डिह ) भन्ने सार्बजनिक जगा अतिक्रमणलाई उनकै पाला मा खाली गराए का थिए । र उनी भने का थिए आफ्नो छोरा हरुलाई कि म मरेपछि मेरो पार्धिक शरीरको अन्तिम दाहसंस्कार यहि (डिह ) मा गर्नु उनका जेठो छोरा अवधेश पटेलले बताए ।
उनी पञ्चायतीबेवास्ता काल देखिनै राजनीतिमा सकृय रुपले लागेका थिए ।
उनी गाविस अध्यक्ष हुँदा आफ्नो गाउँको विकाससँगै पार्टीलाई एउटा अलग दिशामा अघि बढाएका थिए ।
उनको निधनले पार्टीलाई निकै ठूलो क्षति भएको र आफूले आज एउटा असल मित्रलाई गुमाएको पार्टीका महाधिबेसन प्रतिनिधि जगदिश गुप्ताले बताए ।
नेपाली कांग्रेसका परवानीपुर गाउँपालिकाका पार्टी सभापति पुन्देव यादवले उनको निधनले आफू निःशब्द भएको र आज पूरा गाउँपालिका नै शोकमा डुबेको बताउनुभयो ।
गाउपलिकाका प्रत्यासी उमेद्वार लालबाबु यादवले दुःख व्यक्त गर्दै पार्टीको लागि उनले गरेका योगदानलाई कहिले पनि बिर्सन नसक्ने बताउनुभयो ।
पार्टीका युवा नेता प्रभु पटेलले दुःख व्यक्त गर्दै उनी युवाको लागि प्रेरणाको स्रोत रहेको र आफूहरु उनीबाटै धेरै कुरा सिकेको बताउनुभयो ।
उनको अन्तिम दाहसंस्कारमा परवानीपुर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष इशवरी साह , वीरगन्ज महानगरपालिका रामगढवाका पूर्व गाविस अध्यक्ष जंगाली राउत कुर्मी, पार्टीका कार्यकर्ता लोहा सिंह लगायत गाउँका अन्य पार्टीका पार्टी प्रतिनिधि, समाजसेवी, सर्वसाधारण, लगाएको उपस्थिति रहेको थियो ।
उनलाई पार्टीका सबै नेता, कार्यकर्ताले पार्टीको झण्डा ओढाइ अन्तिम विदाई गरेको पार्टीका युवा नेता हरिओम पटेलले बताए ।