28.4 C
Birgunj
Homeसमाचारस्थानियबिपदको साथी सशस्त्र प्रहरी , उद्दार कार्यमा प्रहरी सक्षम , सम्पुर्ण जनशक्ति...

बिपदको साथी सशस्त्र प्रहरी , उद्दार कार्यमा प्रहरी सक्षम , सम्पुर्ण जनशक्ति तयारी अवस्थामा ।

अजित कुमार भुजेल

बिरगंज , असार ११ गते शुक्रबार ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले बिपद व्यवस्थापन सम्बन्धि सम्पुर्ण तयारी गरेको छ ।गण मै आज एक कार्यक्रम बीच सशस्त्र प्रहरीले आफ्नो तयारी बारे जानकारी मुलक प्रदर्शन गरेको थियो । हरेक बर्ष उच्च बर्षा हुने र सो अनुसार पर्सामा बाढी , पहिरो कटान र डुबानको प्रकोपको जोखिम उच्च हुने हुदा बाढीजन्य प्रकोपको उद्दार सम्बन्धि तालिमको प्रयोगात्मक अभ्यास बारे प्रदर्शन गरि बिपदमा कसरी मानवीय क्षतीलाई कम गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको थियो ।
डुबानमा परेका व्यक्ति र पहिरोले जनधनको क्षती हुदा बिपदको बेला उद्दारको लागि सशस्त्र प्रहरी सक्षम रहेको बारे सो प्रयोगात्मक अभ्यास गरि जानकारी गराएको थियो ।
श्री सशस्त्र प्रहरी बल नेपाल न. १३ गण हे. क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी रहनु भएको थियो । त्यसै गरि जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे , सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , खगेन्द्र बहादुर मल्ल , नेपाली सेना श्री चन्डी प्रसाद गणका गणपति मदन जंग राणा, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख टीका पोखरेल , धोबिनी गा. पा. का कार्यकारी अधिकृत , सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापा, सशस्त्र प्रहरी निरीक्षक , सिमा सुरक्षा बलका प्रमुख प्रहरी निरीक्षकहरु , सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन सशस्त्र प्रहरी निरीक्षक पुन राज थापाले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here