काठमाण्डौ, २७ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन् ।पछिल्लो पटक नियुक्त भएका ज्वाला कुमारी साह बारा जिल्लामा राजनीति रुपमा ब्यक्तिगत छुट्टै पहिचान बनाएकी साह प्रदेश २ मा माओवादी केन्द्रबाट प्रत्येक्ष बाराको क्षेत्र नम्बर ३ को ( क) बाट निर्वाचित एकली महिला हुन । साहको व्यक्तिगत विवरण यस्तो छ।
जन्म मिति २०३८/७/११ जन्म भएको शिक्षा : B.Ed ( स्नातक शिक्षा )राजनितिक पृस्टभुमि एमाले परिवारबाट बाल्यकाल बाट शुरू भयो बुवाआमासंगै पछि माओवादी पार्टी को भगिनि संगठन विद्यार्थी संगठनमा २०५४ सालमा सदस्य २०५५ सालमा विद्यार्थी बारा जिल्ला संगठनको कोषाध्यक्ष २०५६ सालमा महिला संगठनको जिल्लाअध्यक्ष तथा पार्टी जिल्ला सदस्य २०५७ सालमा पार्टी क्षेत्र सचिव २०६०/३/३ गते जनबादी बिवाह पहाडी समुदाय अमृत शर्मा बजगाइसंग २०६१ /९/२७ गते पृथ्बिनारायण शाहको जन्मको दिन जेठो छोरा को जन्म भिषण युद्ध चलेको बेलामा ब्याथा लागदा इन्डियाको मोतिहारी चांदमारी चोक एउटा प्राइबेट मेडिकलमा जन्म २०६३ /७/ ४ गते लक्ष्मी पुजाको दिन बिरगंज नेसलन अस्पतालमा जन्म जुम्लयाहा छोराहरूको शान्ति प्रक्रियामा २०६४ सालमा बाबुराम भट्रराइको संयोजकमा केन्द्रीय जनपरिषद गठन ।
त्यसमा म केन्द्रीय जनपरिषदको सदस्य लगतै २०६४ सालमा समानुपातिक संविधान सभाको सदस्य २०६६ महिला संगठनको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य २०६८/७ ।२२ गते भुमिसुधार राज्यमन्त्री २०६८ चैत महिनामा प्रयटन राज्यमन्त्री २०७० सालमा माओवादी पार्टी केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पर्सा २ बर्ष २०७१ सालमा पार्टी पोल्टब्युरो सदस्य तथा बारा पार्टी इन्चार्ज २ बर्ष २०७२ सालमा महिला संगठनको केन्द्रीय उपाध्यक्ष २०७४ सालमा बारा क्षेत्र न ३ (क) बाट प्रतयक्ष निर्वाचित प्रदेश सभा सदस्य प्रदेश न २ २०७५/२/३ पछि ने क पा पार्टीको केन्द्रीय सदस्य तथा बारा पार्टी सह इन्चार्ज २०७७/१०/२८ गते नेपाल कम्युनिष्ट पार्टी( एमाले) केन्द्रिय कमिटि को सदस्य ।२०७८/१/१० गते बारा जिल्ला ईन्चार्ज र प्रदेश न २ पार्टी (एमाले) अध्यक्ष ।त्यसपछि मैले आफै बारा जिल्ला पार्टी इन्चार्ज त्यागे ।
माईतिघर करैया गाउ पालिका वाड न-४ लौतन, ससुरा जितपुरसिमरा उप माहानगरपालिका वाड न• १६ पिलवा बारा पूर्वमाओवादी नेतृ ज्वाला कुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी हुन् । माओवादी छाडेर एमालेमा आगेपछि उनको प्रदेसभा सदस्य पद गयो । तर, उनले संघीय सरकारको कृषि तथा पशुपंछी बिकास मन्त्रालय मन्त्री बन्ने मौका पाएकी छिन् ।