28.4 C
Birgunj
Homeसमाचारस्थानियडा. अब्दुल कलाम अवार्ड द्वारा बाराका शर्मा सम्मानित

डा. अब्दुल कलाम अवार्ड द्वारा बाराका शर्मा सम्मानित

बारा, 28 चैत

नेपालका चर्चित मोटिवेशनल स्पिकर, व्यवसाय प्रशिक्षक तथा लेखक आनन्द शर्मा भारतको एक प्रतिस्ठित सम्मान डा. ए पि जे अब्दुल कलाम अवार्ड २०२१ द्वारा सम्मानित भएका छ्न । शर्मा प्रदेश नम्बर २ स्थित बारा जिल्लाको देवताल गाउँपालिकाको वडा नम्बर ५ टोल धुराहा निवासी हुन् । हाल वहाँ काठमाणडौमा बसोबास गर्दै आईरहेका छ्न ।

वहाँले भोगेका असफलताहरु बाट नै पाठ सिकेर अब अरु नेपालीहरुलाई असफल हुनु नपरोस् भनी प्रशिक्षण पेशामा आएका हुन । शर्मालाई कतिपय व्यक्तिहरुले पागल तथा आफ्नो जीवनमा केही गर्न सक्दैन भन्ने समेत गर्द्थे । तर आज वहाँ सफलतापुर्वक प्रशिक्षक को रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत देशको नाम सहित आफ्नो नाम चिनाउन सफल भइरहेका छ्न । जीवनमा असफलताहरु बाट नडराई निरन्तर प्रयास गरे सफलता अवश्य नै प्राप्त हुने कुराको एक उदाहरण समेत बनेका छ्न ।

व्यवसाय तथा व्यक्तिगत बिकास एवं मोटिवेशनल प्रशिक्षणमा शर्माको लामो अनुभव रहेको छ । उनी आफ्नो तालिमहरुको द्वारा धेरै नै व्यक्तिहरूलाई आफ्नो जीवन उकास्न प्रेरणा दिएका छ्न । सानो सोच भएको व्यक्तिहरूलाई ठुलो सपना देख्न अभिप्रेरित गर्ने र असफलता पाएर निरास भएका व्यक्तिहरूलाई उनीहरुको लक्ष्य हासिल गराउनेमा समेत मद्धत गर्ने गर्द्छ्न ।

आनन्द शर्मा आफ्नो प्रशिक्षणको माध्यमले सम्पुर्ण नेपाली हरुको मन जित्दै सफलताको बाटोमा हिडिरहेका छ्न । सम्पुर्ण नेपालीहरुलाई सफलता दिलाई राष्ट्रलाई समृद्ध बनाउने शर्माको उद्देश्य रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here