बिनोद पटेल
वीरगंज १५ फागुन, सनिवार
युवा जनशक्ति समाज नेपाल पर्साद्धारा सञ्चालित युवा जागरण अभियान अन्तर्गत शनिबार वीरगंज महानगरपालिका वडा नं. १८ सुखचैनामा युवा जागरण कमिटी गठन भएको छ ।
सुखचैनामा भएको युवाहरुको भेलाले १५ सदस्यीय युवा जागरण कमिटी गठन भएको छ । स्थानिय युवा संजय मण्डल (महतो) को संयोजकत्वमा जागरण कमिटी गठन भएको हो । जस्को सह–संयोजकमा ज्ञानेश्वर मण्डल र नवीन मण्डल, सदस्यहरुमा जितेन्द्र साह, सरोज कुशवाहा, शिपलाल राम, श्यामसुन्दर पटेल, प्रशुराम महतो, देवनाथ साह तेली, अमरदेव महतो, गौतम मण्डल, अजय साह, अगनिजित मण्डल, अजय राम र ससिरंजन गुप्ता रहनु भएको छ ।
स्थानिय युवा संजय मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले समाजमा रहेका विभिन्न किसिमका विकृति, विसंगती र कुरितिहरुको विरुद्धमा युवाहरुलाई एकजुट भएर अभियान चलाउनु पर्नेमा जोड दिनु भयो । स्थानिय स्तरमा रहेको विभिन्न समस्याहरुको युवाहरुले आफै एकजुट भएर समाधान गर्नु पर्ने र आफुहरुबाट हुन नसके युवा जनशक्ति समाज नेपालले सरोकारवाला निकाय समक्ष पुगेर ध्यानाकर्षण गराउनुका साथै समाधानको लागि पहल गर्ने अध्यक्ष कुर्मीले प्रतिबद्धता व्यक्त गर्नु भयो । वडामा विभिन्न किसिमका समस्याहरु रहे पनि शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका आधारभुत समस्याहरुको पहिचान गरी अगाडि बढन सुझाव दिनु भयो ।
सो अवसरमा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन, युवा जागरण अभियानका सह–संयोजक संगित पाण्डे, अभियानका सदस्यहरु नन्दलाल ठाकुर, करण पटेल, विक्रम पटेल, अहमद अफरोज र मनोज प्रसाद कुर्मी लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गर्नु भएको थियो ।