बिनोद पटेल
बारा कलैया फागुन १३ गते ।
जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा टोल स्थिती कलैया – मटिअर्वा सडक खण्ड मा चेकजाँचको क्रममा उक्त रकम बरामद गरेको आज बिहान जिल्ला प्रहरी कार्यालय बारा को प्राङ्गणमा पत्रका समेलन मार्फत बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जनकारी गराए । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा टोल स्थिती कलैया – मटिअर्वा सडक खण्ड मा बिआर ०५ के ०७९८ नम्बर प्लेटको भारतीय मोटरसाइकल माथी शंकालागि चेकजाच गर्दा आफ्नो शरीर तथा मोटरसाइकल को डिक्की मा समेत लुकाई छिपाई राखेको अवस्थ मा चालक भारत बिहारको पुर्बी चम्पारण ग्राम पञ्चायत नरकटिया बाड नम्बर ७ टोल बस्ने शुरेश प्रसाद को छोरा बर्स ३५ को चन्द्रशेखर प्रसाद र पछाडी ऎ, ऎ, कै पारशनाथ प्रसाद को छोरा बर्स ३८ को संजय कुमारलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १ हजार दरको १७७२ थान १७७२०००।- र ५०० को दरको १५२६ थान ७६३०००।- थान गरि जम्मा २५,३५०००।- पचिस लाख पैतिस हजार रुपैया बरामद गरिएको हो ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही को लागि सम्पत्ति सुधिकरण हरियर भवन काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले बताए ।