28.4 C
Birgunj
Homeसमाचारस्थानियसशस्त्र प्रहरी बल इनर्वा र सिमा सुरक्षा बल ४७ बटालियन ले बाबाधाम...

सशस्त्र प्रहरी बल इनर्वा र सिमा सुरक्षा बल ४७ बटालियन ले बाबाधाम जाने भत्तजन हरुलाई संयुक्त रूपमा बिदाई गरेका छन् ।

वीरगञ्ज २७ माघ

सशस्त्र प्रहरी बल इनर्वा र सिमा सुरक्षा बल ४७ बटालियन ले बाबाधाम जाने भत्तजन हरुलाई संयुक्त रूपमा बिदाई गरेका हो ।

वीरगंज महानगरपालिका २५ श्रीसिया काफला पर्सा नेपाल संघले भारतको बाबाधाम लगायत विभिन्न तिर्थ स्थलहरु मा प्रत्येक वर्ष जाने गरिन्थ्यो । तर, गएको वर्ष कोरोना महामारी ले गर्दा नेपालका कावारीयाँ संघ भारतमा रहेका तिर्थ स्थलहरु तर्फ नाका बन्दले गर्दा जान असमर्थ भएको थियो । कोरोना संक्रमण को संख्या कमि भएपछि यस वर्ष विरगंजबाट प्रदेश सांसद रमेश प्रसाद कुर्मीले कावारियाँ मंडलीलाई भारत तर्फ र सिमा सुरक्षा बल ४७ बटालियन का कमान्डर प्रयभट्ट शर्मा विदाई गर्नु भएको छ ।

विरगंज महानगरपालिका वडा नं.२५ स्थीत रहेको श्रीसिया नाकाबाट विदाई गरी रक्सौल हुन्दै भारतको विभिन्न तिर्थ स्थलहरु मा जानको लागि सह सम्मान अविर माला लगाई कावारियाँ यात्रीहरु लाई विदाई गरिएको छ । विदाई गर्ने क्रममा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक नेपाल प्रहरी, र भारतको सिमाना मा खटिएको भारतीय एस.एस.बी फोर्स ले समेत संयुक्तरुपमा विदाई कार्यक्रममा शरीक भई तिर्थ यात्री टोलीहरु लाई विदाई गरिएको छ । काफला लाई प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले बिदाई गर्नु भएको मा नेपाल र भारतका सुरक्षा निकायहरुले उहां लाई अबिर माला लगाई सम्मान समेत गरिएको थियो । २ सय को हाराहारीमा नेपालबाट भारत तिर्थको लागि गाएका कावारियाँ काफला बिरगंज रक्सौल श्रीसिया सिमाना मा पुजाआजा गरी विधिगत रुपमा भारत प्रस्थान भएको ४७ बटालियन का कमान्डर ले बताएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here